सिमरा । नेपाल तरुणदल जीतपुरसिमरा कार्यसमितिले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अबसरमा बाराको जीतपुरसिमरा अन्र्तगतको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र बृक्षारोपण कार्यक्रम तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । मलेसियन साल, टिक लगायतका ७० बिरुवा बृक्षारोपण पछि सम्पन्न अन्र्तकृया कार्यक्रममा नेपाली काग्रेस जीतपुरसिमरा नगर कार्य समिति बाराका सभापति श्यामबाबु गुप्ताले बिपीको राष्ट्रिय एकता तथा मेलमिलापको निती अझपनि धेरै महत्व रहेको बताउनु भएको छ ।
तरुण दल नगर सभापति अर्जुन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सभापति गुप्ताले बिपीको राष्ट्रिय एकता तथा मेलमिलाप नितीले देश जोगिएको समेत बताउनु भयो । कार्यक्रममा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समितिका अध्यक्ष सत्य श्रेष्ठ, पुर्व अध्यक्ष चौला पडिंत, युवा नेता राम कुमार अर्याल, तरुण दल २ नं. वडाका सभापति दिपु भण्डारी लगायतले बोल्नु भएको थियो । कार्यक्रको सञ्चालन २ नं. वडा अध्यक्षका प्रत्यासी तथा वडा सचिब संतोष कार्कीले गरेका थिए ।