खसी व्यापारी र प्रहरीबीच झडप, दुई महिला गम्भीर घाइते

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
?

कलैया । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर– ८ प्रशुरामपुर खसी व्यापारी र प्रहरीबीच झडप भएको छ । झडपमा परी दुई महिला गम्भीर घाइते भएका छन् । वडा नम्बर–६ का खसी व्यापारी र तेलकुवाँ चौकीका प्रहरीसँग झडप भएको हो । महागढीमाई नगरपालिका वडा नम्बर – ७ तेलकुवाँ चौकमा प्रहरीले व्यापारीहरुको खसी बोका समात्न थालेपछि झडप भएको स्थानीयले बताएका छन ।
झडपमा परि सुवर्ण गाउँपालिका वडा नम्बर – ८ प्रशुरामपुरकि ५५ बर्षिय रोजिया खातुन र सोही ठाउँ बस्ने ३० बर्षिय नुरजहाँ खातुन गम्भीर घाइते भएका हुन । घाइते दुवै महिलाको टाउ र हातमा गम्भीर चोट लागेको छ । घाइते दुवै महिलाको जिल््ला अस्पताल कलैयामा उपचार भईरहेको बताईएको छ ।
प्रशुरामपुरबाट कलैया बजारका लागि खसी बोका लगि रहेको बेला तेलकुवाँ चौकमा प्रहरीले खसी ,बोका समाति जिल््ला पठाउन लागेपछि स्थानीय आन्दोलनमा आएका हुन १० वटा खसी बोका कलैया बजारमा बेच्न लगिरहेको बेला भारतबाट खसी बोका ल्याएको भन्दै प्रहरीले समात्न थालेपछि झडप भएको हो खसी व्यापारी मोजाहिर खाँले बताउनुभयो ।
प्रहरी र व्यापारी बीच खसी बोकाको बिषयलाई लिएर ठुलो झडप भएको र त्यसमा प्रशुरामपुरको स्थानीय महिला घाईते समेत भएको सुवर्ण गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्ष सैबुल्लाह मियाँले बताउनुभयो । प्रहरीले नेपालकै खसी बोकालाई भारतको हो भनेर समात्न खोज्दा झडपको अवस्था सृजना भएको वडा नम्बर–८ का वडाध्यक्ष मियाँको भनाइ रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content