अंग्रजी नयाँ वर्ष २०२१ ले सुस्वास्थ्य, सम्बृद्धि ल्याउन सकोस् हामी सबैमा शुभकामना

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पा¥यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो। कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् । कोरोना महामारी, सलह आतंक, इयूबाट बोलायतको बहिर्गमन, किमको मृत्यु लगायत धेरै द्दटनाहरु २०२० मा भएपछि यो दुखद बर्ष रहेको सबैमा छ ।
हरेक पल परिवर्तनीय छ । नेपालमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको अबस्था छ । फेरी कोरोनाका अर्को रुप देखा परेको छ । कोरोनाको खोप कहिले आउछ । देश कुन कोर्सबाट अगाडि बढ्छ सबैको चासो छ । के संसद पुर्नस्थापना हुन्छ र नेपाल फेरी अराजक तर्फ अघि बढेको त हैन भन्ने चासो र चिन्ताबिच अग्रेजी नयाबर्ष शुरु भएको छ । विगतबाट पाठ सिक्न, वर्तमानमा बाच्न र भविष्यप्रति चिन्तामुक्त हुन हामी सबैलाई प्रेरणा मिलोस् । अंग्रजी नयाँ वर्ष २०२१ ले सुस्वास्थ्य, सम्बृद्धि ल्याउन सकोस् हामी सबैमा शुभकामना
गुरुप्रसाद गौतम
अध्यक्ष तथा प्रधान सम्पादक
तराई सञ्चार डटकम

शेयर
प्रतिक्रिया
Skip to content