अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर विश्व रेकर्ड राखेको टेलजीको स्कुटर नेपाली बजारमा

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर विश्व रेकर्ड राखेको टेलजीको स्कुटर नेपाली बजारमा उपलब्ध हुन थालेको छ । टेलजी स्कुटरको नेपालका लागि एक मात्र आधिकारिक वितरक योम मा ई मोटर्सले टेलजी लियोपार्ड नेपाली बजारमा उपलब्ध गराएको हो ।नेपाल भित्र्याएको यो गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल स्कुटर हो । यो इलेक्ट्रिक स्कुटरले एकपटकको फुल चार्जमा ६५६.८ किलोमिटर यात्रा गरेर उक्त रेकर्ड राख्न सफल भएको थियो । नेपालमा उपलब्ध गराइएको टेलजी लियोपार्ड एकपटककोे फुल चार्जमा १३० किलोमिटर यात्रा गर्ने क्षमता राख्दछ । नेपाली बजारमा सार्वजनिक गरिएको लियोपार्डमा २.५ किलोवाट पावरको मोटर दिइएको छ । यसमा ३.२ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यस इलेक्ट्रिक स्कुटरको ब्याट्री एकपटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ ।
स्कुटरमा कि–लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जस्टेवल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेसलगायतका विशेषता छन् । नेपालमा भित्र्याएको टेलजी लियोपार्ड नेपाली भूगोल सुहाउँदो र नयाँ टेक्नोलोजीमा आधारित स्कुटर रहेको कम्पनीको दाबी छ । कम्पनीका अध्यक्ष राजेश राजकर्णिकारका अनुसार स्कुटरले नेपाली बजार सुहाउँदो मूल्य तथा अन्य कम्पनीको तुलनामा धेरै किलोमिटर रेन्ज दिने पक्का छ ।
नेपाली बजारमा टेलजी लियोपार्ड रातो, सेतो र गोल्डेन गरी तीन कलरमा उपलब्ध रहेको छ । टेलजी लियोपार्डको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ । नयाँ वर्षको उपलक्ष्यमा सार्वजनिक लियोपार्डमा २५ हजार रुपैयाँ बराबरको छुट पाइन्छ । हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँ बराबरको एसेसोरिज निःशुल्क पाउने छन् । एसेसोरिजमा ५ हजार बराबरको ब्लुटुथ हेलमेट, पिलियन ब्याक रेस्ट र फुट म्याट छन् ।
टेलजी ब्रान्डको स्कुटर विश्वका ७७ देशमा बिक्री भइरहेको छ . यो चिनियाँ प्रमुख ३ ठूला उत्पादक कम्पनीमध्येको एक हो । टेलजी ब्रान्ड संयुक्त राष्ट्रसंघको इन्भाइरोमेन्ट ई–मोबिलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनर्समेत हो । योम मा ईले आफूले ल्याउने स्कुटर तथा मोटरसाइकल बढी मोटर क्षमता भएको तथा स्पेयर पार्टस् पनि पाउने सुनिश्चतता गरेको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content