वीरगञ्ज . भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरामा डोम,दलित जातिका ब्यक्तिको घर निर्माण गर्न आज एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेशप्रसाद कुर्मीले शिलान्यास गर्नु भएको छ।
प्रदेश सरकार को दलित को बस्तीमा पक्की घर (जनता आवास)कार्यक्रमलाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंजको आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो ।
शहरि भवन का कार्यालय प्रमुख राजेन्द्र प्रसाद ज्यु को अध्यक्षता मा आयोजित सो समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी जनता आवास कार्यक्रम पर्साका सम्योजक माननिय रमेश प्रसाद कुर्मीले पहिलो चरनमा पर्साका २०० अति बिपन्न दलितको पक्की घर बनाउने बताउनु भयो । प्रत्येक घरधुरी सरकारले तीन लाख पचास हजारको बजेट बिनियोजन गरेको जनाइएको छ।
कार्यक्रममा पुर्ब मन्त्री माननिय करिमा बेगम, माननिय भिमा यादव , जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य द्वय शिव पटेल, रामचन्द्र पडित,पर्साका सचिव द्वय राजेश साह, श्रीराम गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा,निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रदेश सरकारको दलितको बस्तीमा पक्की घरको वीरगञ्जमा शिलान्यास
प्रतिक्रिया
प्रतिक्रिया