धनुषा । सरकारले जनकपुर–जयनगर रेलवे सञ्चालनको तयारीलाई तिब्र पारेसगै सुरक्षाको सबैभन्दा ठुलो चासो सम्बोधन गरेको छ । मन्त्री परिषदको बैठकले सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो ।
विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको र पुन मर्मत गरी सञ्चालनका लागि काम तिब्र गतीमा भईरहेको छ । पछिल्लो तालिका अनुसार रेल्बे कम्पनीले माघदेखिनै रेल्बे सञ्चालन गर्ने गरी मर्मत भारतीय कम्पनीबाट गराई रहेको र सफटबेर ईन्स्टलेशन र कर्मचारीका लागि तालिम दिएर रेल सञ्चालन गर्ने तयारी छ । यसको सुरक्षा नियमित पुलिसिङबाट मात्र सम्भव नहुने भएकाले सशस्त्रलाई जिम्मा दिइएको हो । रेलवे ऐन बनिरहेको छ, त्यसमा रेल सम्बन्धी सुरक्षाका लागि छुट्टै डेडिकेटेड युनिटको परिकल्पना गरिएको छ’, स्रोतले भन्यो, ‘त्यसैले तत्कालका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिइएको हो ।’ अधिकारीहरुका अनुसार जनकपुर–जयनगर खण्डमा ३५ किलोमटर रेलवे लिक निर्माण भएको छ । त्यहाँ ७ सय बढी क्लिप चोरी भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । चोरी गर्ने व्यक्तिले क्लिपलाई कबाडी कहाँ विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
जनकपुर–जयनगर रेलवे सञ्चालनको तयारीलाई तिब्र पारेसगै सुरक्षाको चासो सम्बोधन
प्रतिक्रिया
प्रतिक्रिया