सिमरा । बाराको पथलैया सडक खण्डमा हेटौडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले पाटेबाघलाई ठक्कर दिंदा बाघको घटनास्थलमै मृत्यु भएको छ । विहान ७ बजे पर्सा राष्ट्रिय निकुञ्ज आधारभारको सडकखण्डमा ८ बर्षिय बयस्क पोथी बाघलाई ठक्कर दिंदा बाघको मृत्यु भएको हो । ठक्कर दिने
तीन जना सवार कारलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । बाघको टाउकोमा चोट लागेको छ । बाघलाई दुर्घटनामा परी गुमाउनु पर्दा ठूलो क्षति भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताउनु भएको छ । हाल पर्सा राष्ट्रिय निकुञ्जमा झण्डै १९ वटा पाटे बाघ रहेको निकुञ्जले जनाएको छ । राजमार्गमा अत्यधिक मालसामान र तिव्र गाडी सञ्चालनका कारण सवारी यात्रु तथा वन्यजन्तु जोखिममा रहेको बताइएको छ ।
कारको ठक्करबाट बाघको मृत्यु , ठूलो क्षति – प्रमुख संरक्षण अधिकृत
प्रतिक्रिया
प्रतिक्रिया