निरु पालको प्रधानमन्त्री समक्ष संघीयता खारेज गर्नुपर्ने धारणाले आन्दोलनको बलले प्राप्त उपलब्धी धरापमा पर्न लागेको आंशका

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नेकपा नेता निरु पालले संघीयता खारेज गर्नुपर्ने धारणा राखेपछि नेपाली राजनितिमा आन्दोलनको बलले प्राप्त उपलब्धी धरापमा पर्न लागेको आंशका हुन थालेको छ । प्रधानमन्त्री तथा राजनीतिक रुपले विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेतृ पालले प्रधानमन्त्रीलाई संघियता खारेज गरेर जनताको मन मष्तिस्कमा बस्न सुझाव दिए पछि शंकाले मलजल पाएको नेताहरुले बताएका छन् । नेकपाको ओली समूहकी नेता तथा विघटित प्रतिनिधिसभा सांसद पालले आफ्नो सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समक्ष संघीयता खारेज गर्नुपर्ने धारणा राखेकी हुन् । उनले उनले संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ बनाउनु पर्ने धारणा राखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘सम्माननिय प्रधानमन्त्री ज्यु, आँट गर्नुस संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५, केन्द्र को मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस ।’
यस अघि प्रधानमन्त्रीले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ठाँउमा नेपाल मात्र राख्ने निर्णय गरेकोमा जनता समाजवादी पार्टी लगायतले बि।ोध गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content