गढीमाई क्याम्पस वरियापुरको संचालक समितिको अध्यक्षमा स्वर्णकार सर्वसहमत

तराइ संचार
तराइ संचार 889 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया १८ पुस
गढीमाई बहुमुखी क्याम्पस बरियापुरमा अभिभावकहरुको बसेको एक भेलाले संचालक समिती गठन गरेका छन् । भेलाले बिजय स्वर्णकारको अध्यक्षतामा सर्व सहमति रुपमा संचालक समिती गठन गरेका छन् । समितिका उपाअध्यक्षमा जितेन्द्र प्रसाद गुप्ता, सदस्यहरुमा शमभु प्रसाद कुसवाहा, ईश्वरी प्रसाद यादव, श्री नारायण महतो, मनोज यादव, अमित चौधुर महिला सदस्यहरुमा गीता देवी कुसवाहा, सानमति देवी राम चयन भएका छन् । त्यसैगरि समितिको पदेन समिति सदस्यमा महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदमा साह कानु , बिधालय व्यवस्थापन समितिका अध्यक्ष दिपप्रकाश गुप्ता, नगर शिक्षा समितिका प्रतिनिधी रामविस्वास चौरसिया र चन्दादाताको तर्फबाट सदस्यमा कैलास महतो, सुरेश प्रसाद यादव पनि सर्व सहमत रुपमा संचालक समितिका सदस्यमा चयन भएका भएका थिए भने सदस्य सचिवमा क्याम्पस प्रमुख तेजप्रसाद चौधरी चयन भएको नव गठित अध्यक्ष स्वर्णकारले जानकारी दिए । यसैगरि सल्लाहकारमा हरि म्यानेजर कुसवाहा, पनालाल प्रसाद साह, हृदय नारायण साह, भैयाराम यादव, परमहंस यादव, उतिमलाल चौरसिया, नगिना देवी, मुरली मनोहर साह, भोला साह, हकोमोदिन मिया चयन भएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content