जयराम दाहालले स्वर्गारोहण भएकी आमाको नाममा अक्षय कोष स्थापना गर्ने

तराइ संचार
तराइ संचार 506 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । संविधानसभाका सदस्य एवम नेकपा बाराका पुर्व अध्यक्ष जयराम दाहालले आफ्नो स्वर्गारोहण भएकी आमाको नाममा अक्षय कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । दाहालका आमा भागिरथा दाहालको १३औं दिनको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता दहालले सो कुरा बताउनु भएको हो । दुई छोराकी आमा भागि।थाको दाज्यु सुर्य दाहालले काज किरिया गरेपनि कम्युनिष्ट नेता जयराम दहालले भने काजकिरीया गरेनन । पुँजीबाद र समाजबाद बिचारधाराका बिशेश्वरप्रसाद कोईरालाले समेत भौतिकबादलाई मानेर धर्मको नाममा आमा बुबाको मृत्युपछि गरिने संस्कारलाई बदलेर देखाएको उदाहरण भएको आफुले पनि नबसेको बताएका छन् । कम्युनिष्ट भएर सास्कृतिक रुपान्त्रणमा लागि आमाको मृत्यु पछि कपाल काटेर सेतो लुगा लगाएर किरिया बसेर मात्र पुण्य नहुने उहाँले बताउनु भयो । बिगत १० बर्षदेखि अति असक्त अपाङ भएका आमालाई आफैले पालन पोषण गर्दै आउनु भएका दाहालले काजकिरिया नगरे पनि गर्नेलाई बिरोध र अवरोध समेत नगर्ने बताउनु भएको छ । आमाको नाममा नजिकमा रुख रोप्ने र बार्षिक श्र्राद्धमा त्यही रुखमुनि गई आमाको मुहारलाई संम्झी दिनदुःखीको सहयोग गर्ने समेत उहाँले बताउनु भयो । उहाँले आमाको नामबाट प्रत्येक वर्ष गरीब असाहय जेहेन्दार विद्यार्थीहरुका लागि १५ हजार सम्मको शैक्षिक सामग्री र छात्र वृद्धि उपलब्ध गराउने घोषणा समेत गर्नुभएको छ ।





नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, दिनेश कुमार राई, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपा प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा, नेपाली कांग्रेसका नेता तथा संविधानसभाका सदस्य शोभाकर पराजुली, नेकपा प्रदेश कमिटी सदस्यहरु शिवचन्द्र कुशवाहा र छबिलाल उप्रेती, जनता समाजवादीका नेता सुसिल यादव लगायतले उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।
१३ पुण्यतिथीका अबसरमा बृक्षारोपण समेत गरिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content