प्रदेश सरकारद्धारा निजगढका हिरा सहित बाराका दुई सम्मानित

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । केरा कृषक हिरा थापा मगर प्रदेश २ सराकारद्वारा प्रदेशको उत्कृष्ट केरा कृषकको रूपमा सम्मानित हुनुभएकोछ । प्रदेश २ को भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आईतबार प्रदेश भरिका १६ जना कृषक तथा कृषि फर्महरुलाई सम्मान गरेको कार्यक्रममा थापालाई सम्मान गरिएको हो । मन्त्रालयले ४० औ विश्व खाध्य सुरक्षा दिवशको अवशर पारेर गत अक्टोबर १६ मा उक्त कृषक तथा कृषि फर्महरुलाई सम्मान गर्ने घोषणा भएकोमा आज सम्मान प्रदान भएको हो । प्रदेशको भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा सम्मान सम्पन्न भएको हो । भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषकहरुलाई सम्मानपत्र र नगद सहित सम्मान गर्नुभएकोहो । मन्त्रालयले जनही २५ हजार रुपैया नगद सहित सम्मान गरेकोहो । उत्कृष्ट कृषकको रुपमा सम्मानपत्र ग्रहण गर्नुहुदै केरा कृषक मगरले बैदेशिक रोजगारीलाई बिस्थापन गरेर कृषिमा गरेको मेहेनतले अहिले सम्मानको हकदार भएको बताउनुभयो । कृषक मगरले कृषिमा गर्ने मेहेनत र लगानी प्रतिफलमुखी हुने भएकाले कृषि कार्यमा अझै दृढताकासाथ लाग्न अन्य कृषकहरुलाई पनि आग्रह गर्नुभयो । मगरले अहिले १२ बिगाह क्षेत्रफलमा मालभोग र अढाई बिगाह क्षेत्रफलमा जि नाईन जातको केरा खेती गर्नुभएकोछ । निजगढमा जि नाईन जातको केरा खेतिमो शुरुवात मगरले नै गर्नुभएकोहो । एक दशक सम्म वैदेशिक रोजगारीमा रहनुभएका मगरले बैदेशिक रोजगारिको क्रममा सिकेको कृषि कार्य मार्फत स्वदेशमा पनि आधुनिक तरिकाले कृषि क्षेत्रमा लागि परेको बताउनु भयो । सम्मान कार्यक्रममा पशुपालक कृषकको तर्फबाट बाराको कोल्हवीको चौधरी मत्स्य पालन कृषि फर्मका सन्चालक बिरेन्द्र चौधरी पनि सम्मानित हुनुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content