सिकेन्द्र पासवान
कलैया । कम लगानीमा बढी फाईदा हुने नगदे वालीको रुपमा उखु, माछा खेती तर्फ बाराका किसानहरु सहुलियतका साथ बढी क्षेत्रफलमा खेती गर्ने भएको हुदा गत बर्षको तुलनामा आलु खेतीमा कमी आएको छ । किसानहरुले गत बर्ष ७ हजार ४ सय ७० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो भने यस बर्ष कुल ७ हजार ४ सय ५० हेक्टर खेती गरिएको कृषि ज्ञानकेन्द्रका प्राविधिक गेनालाल मण्डलले जानकारी दिए । जिल्लाको हरिहरपुर, गोलागंज, अमृतगंज, देवापुर, उचिडिह, भगवानपुर, पिपरपाती, बरियापुर, मटियर्वा आलुखेतीको पाकेट क्षेत्र भएपनि जिल्लाभरीमा फाटफुट किसानहरुले आलु खेती गर्न थालेका ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । आलुवालीको अवस्था धेरै राम्रो भएको, सितलहर नहुनुले आलु उत्पादनमा वृद्धि हुने ज्ञानकेन्द्रका प्रमुख यादवले भने । आर्थिक बर्ष २०७५÷७६मा कुल ७ हजार ६ सय ६० हेक्टर क्षेत्रफलमा आलु खेती भएको थियो भने २०७६÷७७ मा कुल ७ हजार ४ सय ७० हेक्टर क्षेत्रफलमा आलुखेती गरि प्रति हेक्टर १५ दशमलव, ४ मेट्रिकटनले कुल १ लाख १५ हजार ३८ मेट्रिकटन आलु उत्पादन भएको थियो । आलु खेतीको क्षेत्रफल कमी भएकोले उत्पादित आलुपनि महगो हुन अनुमान रहेकोछ । हाल कलैया बजारमा आलु प्रति किलो रु ४० को दरमा बिक्री बितरण भईरहेको छ ।
बारामा ७ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती
प्रतिक्रिया
प्रतिक्रिया