अबैध ८ लाख रुपैयाँसहित बाराका एकजना पक्राउ

तराइ संचार
तराइ संचार 875 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लाको ऐतिहासिक सिम्रौनगढ नगरपालिकाका एक जना युवालाई प्रहरीले अबैध ८ लाख रुपैयाँ प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाईकल सहित मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वार्डा नम्बर १ का लक्षमण साहको छोरा धिरेन्द्र साह रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले सडकमा सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई रकम सहित पक्राउ गरेपनि श्रोत खोल्न नसकेपछि पक्राउ गरेको हो । साहलाई रकमसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरिक्षक राकेश यादवले जानएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content