नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर २ को अध्यक्ष पदमा पेमासिद्धी लामा मनोनित

तराइ संचार
तराइ संचार 914 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढका समाजसेवी एवम युवा नेता पेमासिद्धी लामा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर २ को अध्यक्ष पदमा मनोनित भएका छन् । लामालाई नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्शेर राणाले प्रदेशको अध्यक्षमा चयन गरेका हुन ।

प्रदेशका आठ जिल्लामा रहेको तेक्वान्दो खेलको बिकासका लागि तेक्वान्दोका पुर्व खेलाडि समेत रहेका लामालाई तदर्थ समितिको अध्यक्ष पदमा चयन गरेको हो । लामाले निजगढ र बारा जिल्लामा बिभिन्न सामाजिक क्षेत्रमा समेत बसेर काम गर्दै आउनु भएको छ । लामा अध्यक्ष रहेको बिछोड युवा क्लबले केही बर्ष अघि सम्म सामाजिक काम र सांस्कृतिक कार्यक्रम गर्दै आएको थियो । नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेशसभाका लागि नेपाली काग्रेस क्षेत्र नम्बर १ क का प्रत्यासी उम्मेदवार उम्मेदवार रहनुभेको थियो । नेपाल तेक्वान्दो संघ अन्तराष्ट्रिय मान्यता प्राप्त तेक्वान्दो संघ हो ।

शेयर
प्रतिक्रिया
Skip to content