चलचित्र बिकास बोर्डको केन्द्रिय सदस्यमा भाईकाजी श्रेष्ठ

तराइ संचार
तराइ संचार 858 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ। निजगढका कलाकार भाईकाजी श्रेष्ठ चलचित्र बिकास बोर्डको केन्द्रिय सदस्यमा चयन हुनुभएकोछ । श्रेष्ठलाई चलचित्र बिकास बोर्डको बैठकले केन्द्रिय सदस्यमा चयन गरेकोहो ।

लामो समयदेखि कलाकारिता क्षेत्रमा गरेको मेहेनत र लगनशीलताको कदर गर्दै चलचित्र बिकास बोर्डले सदस्यमा चयन भएका श्रेष्ठले बिशेष गरी प्रदेश नं. २ मा चलचित्र सुटिङ लगायत पर्यटकिय क्षेत्रको पहिचान गर्ने र कार्ययोजना निर्माण गर्न सहयोगी हुने बोर्डले जनाएको छ ।


श्रेष्ठ नेपाल सांस्कृतिक संघ बाराका सभापति समेत हुनुहुन्छ । रेडियो उद्घोषण, कार्यक्रम प्रस्तोता तथा संचालकको रुपमा श्रेष्ठ बारा जिल्लामा ख्याती प्राप्त रहनु भएको छ । श्रेष्ठ रेडियो मध्यतराईका व्यवस्थापक हुनुहुन्छ । प्रेस युनियन बाराका सदस्य समेत रहेका श्रेष्ठले निजगढ र बारा जिल्लामा सास्कृतिक कार्यक्रम, स्टेज कार्यक्रम लगायत धेरै कार्यक्रम गरी सक्नु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content