द सहरा लोन सेभिङ को–अपरेटिभ सोसाईटी लिमीटेडको २४ औ बार्षिक सधारणसभा सम्पन्न

तराइ संचार
तराइ संचार 615 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया २१ पुस
द सहरा लोन सेभिङ को–अपरेटिभ सोसाईटी लिमीटेडको २४ औ बार्षिक सधारणसभा तथा छलफल कार्यक्रम मंगलवार कलैयामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले समाज परिवर्तनमा सहकारीहरुको भुमिका निकै महत्वपुर्ण रहेको कुरामा जोड दिएका थिए । गरिबीको रेखा मुनि रहेको नागरिकलाई बिना धितो सहुलियतमा त्रृण दिई तिनीहरुको जीवनयापनमा निकै ठुलो सहयोग गर्ने गरेका बताउदै प्रहरी उपरिक्षक पंगेनीले सहकारीको मार्फतबाट बिकासमा पनि टेवा पुगाउने गरेको भने । फरक पं्रसंगमा उपरिक्षक पंगेनीले जिल्लामा शान्ति सुरक्षाका लागि पुर्ण कटिवद्ध रहेको चर्चा गर्दै जिल्लामा जघन्य अपराधका घटनालाई निस्तेज गरेको बताउदै हत्या, हिन्सा, बलात्कार, अपहरण जस्ता घटनाहरुलाई पनि न्यूनीकरण गर्ने काममा कुनै कसर बाकी नराखेको जानकारी गराउदै १ बर्षको बारा बसाईमा यहाका नागरिक समाज, संचारजगत, आम नागरिकको ठुलो सहयोग पाएकोमा धन्यवाद ब्यतm समेत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजका अध्यक्ष उमेशलाल दासले सहकारीले अर्थतन्त्रमा पनि सहयोग गर्ने गरेको बताउदै दशहराको क्षेत्रलाई अझै बढाउनुपर्ने सुझाव ब्यतm गरे । घर घरमा भखारी गाँउ गाँउमा सहकारीको स्थापना भएको हुदा आफनै गाँउ ठाँउमा रोजगारीको सृजना भएको बताउदै नेपाली यूवाहरु कम मात्रामा बिदेशिनु परेको जानकारी गराए । दशहराका प्रमुख दिपेन्द्र चौधरीले बर्षभरीको आयब्यय प्रस्तुत गरेका थिए । संचालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षता, निक्षेपकर्ता जयनारयाण् यादवको सहजकिरणमा सम्पन्न सो कार्यक्रममा बारा उधोण बाणिज्य संघका अध्यक्ष राजकुमार साह, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान, ब्रम्हराज योग सेवा केन्द्र कलैयाका संचालिका मिनी दिदी, नेपाल पत्रकार महासंघ बाराका कोषाअध्यक्ष मुकेश यादव, संस्कार एफएमका प्रवन्ध निर्देशक अनिल गौरव, फिल्ड कार्यकर्ता पुनम गुप्ता, लगायतकाले शुभकमना ब्यतm गरेका थिए । सो अवश्रमा प्रहरी उपरिक्षक पंगेनी, असल त्रृणी सलिम मिया, असल बचतकर्ता धनसुन्दर यादव, असल फिल्ड कार्यकर्ता रमाशंकर प्रसादलाई दोसल्ला ओढाई सम्मन गरिएको थियो । २ हजार ५ सय ६४ निक्षेपकर्ता रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content