किरकिचाहा नदीमा पुल निर्माणका लागि भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनलद्धारा निरीक्षण

तराइ संचार
तराइ संचार 884 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको प्रसौनी गाउँपालिकाको प्रस्टोका गाँउ र बलुवा जोडने सडकमा पर्ने किरकिचाहा नदीमा पुल निर्माण हुने भएको छ । यो पुल निर्माणले जीतपुरसिमरा, परवानीपुर, लिपनीमाल लगायत क्षेत्रका स्थानीय पुल बन्ने भएपछि खुशी भएका छन् । पुल नहुदा सिधै सदरमुकाम आवत जावतमा समस्या भोग्दै आएका स्थानीयलाई पुल बन्ने भएपछि खुशी भएको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनलले आज सो पुल बन्ने क्षेत्रको अबलोकन गर्दै पुल निर्माणमा प्रतिबद्धता जनाएपछि स्थानीय पुल बन्नेमा आशावादी बनेको संघिय सासद एकबाल मियाले बताउनु भयो ।

उहाँले जनताको चाहना सिधा सदरमुकाम जोडने पुल निर्माणले आवत जावतमा सहजिकरण हुने साथै कृषी सडक भएकाले कृषी उपज आवतजावतमा भईरहेको समस्या निराकरण हुने बताउनु भएको मियाले बताउनु भयो । अनुगमनमा मन्त्री सोनलसगै सासद मिया , प्रसौनीगाउपालिका अध्यक्ष भोला गुप्ता, वडाध्यक्ष सनैत साह ,सुरेश साह ,आनन्द गुप्ता लगायतको सहभागिता रहेको थियो । यो पुल नितनपुर परवानीपुर कलैया सदरमुकाम सिधा जोडने कार्य गर्छ ।

शेयर
प्रतिक्रिया
Skip to content