प्रदेश तेक्वान्दोे संघ अध्यक्षमा पेमासिद्ध लामा र महासचिबमा राजकुमार लामा मनोनित

तराइ संचार
तराइ संचार 815 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाल तेक्ववान्दो संघको प्रदेश नं २ को अध्यक्षमा पेमासिद्ध लामा र महासचिबमा राजकुमार लामा मनोनित भएका छन् ।
बाराको निजगढ निवासी पेमासिद्धि लामा समाजसेवी तथा नेपाली काग्रेसका प्रदेश सभाका लागि प्रत्यासी उम्मेदवार भई सानो मत अन्तरले पराजित युवा नेता हुन । जीतपुरसिमरा –१ निवासी राजकुमार लामा तेक्वान्दो खेलाडि तथा बारा तेक्वान्दो कार्य समितिका उपाध्यक्ष समेत थिए ।

अध्यक्ष र महासचिबको परिवर्तनले प्रदेश नं २ मा सुस्त बनेको तेक्वान्दोे विकास र विस्तारमा गती आउने तेक्वान्दो सहायक प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री जीतसिङ लामाले बताउनु भयो । तेक्वान्दो अध्यक्ष र महासचिब निस्कृयहुदा प्रदेशमा संघको नियमित काममा समेत बाधा हुदै आएकोमा यो मनोनयन सगै प्रदेशले गति पाउने सिनियर तथा सहायक प्रशिक्षक बिजय शाह ठकुरीले बताए । लागु औषध र मद्यपान प्रयोग गरी मानवीय जीवनलाई पशु सरह बनाउने मानिसहरुलाई बर्षौं एक ठाउँमा राखेर प्रशिक्षण दिंदै पुनस्र्थापना गरी राम्रो कार्य गरेका महासचिब लामालाई बंगलादेश स्थित नेपाली राजदुतावासले सम्मान समेत गरी सकेको छ । सात बर्ष अघि जिल्ला प्रशासन कार्यालय बाराबाट नयाँ गोरेटो नामक संस्था दर्ता गरी पुनस्र्थापना केन्द्र संचालन गर्दै आएका लामाले बिभिन्न सांस्कृतिक कार्यक्रम र सामाजिक कार्य गर्दै आएका छन् । रिकभरी नेपालको उपाध्यक्ष समेत रहेका लामा युवाहरु माझ लोकप्रिय रहेका छनर ।

शेयर
प्रतिक्रिया
Skip to content