सिमरा क्षेत्रको उद्योगकै प्रमुख कारण काठमाण्डौको वायु प्रदुषण – संयोजक पौडेल

तराइ संचार
तराइ संचार 658 - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
सिमरा । सिमरा क्षेत्रको उद्योगकै प्रमुख कारण काठमाण्डौको वायु प्रदुषण भएको सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताउनु भएको छ । तराई संचारका लागि कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन । काठमाडौंमा अचानक बढेको वायु प्रदूषणलाई लिएर हिजोआज धेरै चर्चाको विषय बनीरहेको अबस्थामा सधै मारमा बसेकाहरुको बारे कहिलै यस्तो चर्चा नभएपनि दुई दिन काठमाडौमा वायू प्रदूषण हुदा संसारमै चर्चाको बिषय बनेको छ । संसारकै सबैभन्दा बढी रहेको अध्ययनहरुले देखाएको आईसकेको छ । आयो कहाबाट भनेर धेरैले खोजीको बिषय बनाई रहेका छन । केही तथ्यहरुका आधारमा भन्ने हो भने काठमाण्डौ र नेपालभर देखिएको वायू प्रदूषण नेपालकै त्यसमा पनि जगदम्बा र यस सिमरा क्षेत्रका उद्योगहरुनै प्रमुख दोषी भएको पौडेलले बताउनु भयो ।

प्रमुख कारण दक्षिण एसियाकै फलाम गलाउने सबैभन्दा ठुलो क्षमताको जगदम्बा स्टिल रहेको छ । लकडाउनमा फुल फेजमा सञ्चालनमा आउन नसकेको कवाडी र कच्चा पदार्थ नेपाल अधिराज्य र भारतबाट समेत धमाधम आईरहेको छ र उद्योग पुर्णरुपमा सञ्चालनमा आएको छ । कवाडी र कच्चा पदार्थ गलाउने समय उद्योगका लागि उपयुक्त रहेको र कुनै वाधा अबरोध प्रदुषण नियन्त्रण नगरी उद्योग सञ्चालन भईरहेको छ । रातको समयमा यसको प्रदुषणले पुरै आकाश अन्धकार बनाउने गरेको छ । मौसम सफा रहेपनि उद्योगको प्रदुषण प्रदुषित धुवाका कारण धेरैपटक भिजिविलिटी नपुगेर बिमान स्थगित गर्नु परिरहेको बुद्ध एयर सिमराका एक कर्मचारी बताउछन । सिमरा बिमान सञ्चालन गरी रहेका बिमानका चालकहरु प्रदुषणको मारमा धेरै परी रहेका छन । उनीहरुका अनुसार काठमाण्डौ सफा भईरहेको हुन्छ तर सिमराको आकाश पुरै अन्धकार भएपछि विमान अवतरण गर्न अत्यन्तै कठिन हुने गरेको छ । बिशेषगरी जाडो मौसममा मानिसहरु चाडै सुत्ने र प्लेन समेत रातमा नचल्ने भएपछि रातभरी कवाडी पेल्ने काम फुल फेजमा हुने गरेको छ । रातको समयको धुवा हेर्ने हो भने सबैको सातो जाने सिमरा जगदम्बा क्षेत्रका बासिन्दाहरुले बताएका छन । त्यसो त औद्योगिक प्रदुषणले कुरुप बनेको स्थानीय सिमरावासीले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् । उद्योगका प्रदुषण्का कारण यस क्षेत्रका जनता प्रताडित बन्दै आए पनि स्थानीय प्रशासन र स्थानीय सरकारका रुपमा रहेको स्थानीय निकायले प्रदुषण नियन्त्रणका लागि हालसम्म कुनै ठोस नीति निर्माण गर्न नसकेको उल्टै उद्योगहरुकै पक्षमा काम गरिरहेको आरोप स्थानीयले लगाउँदै आईरहेका छन् ।
पटक–पटक आन्दोलन र प्रशासनमा उजुरी गरेपनि यस्ता उद्योगहरुले स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गरिरहेको छ । मापदण्ड बिपरीत काम गर्ने यस्ता उद्योगहरुलाई नियमन गर्न नगरपालिका र संघीय सरकारले कुनै चासो दिएको छैन । ठोस नीति निर्माण गरी प्रदुषण नियन्त्रणमा बाध्यकारी बनाउन अल्टिमेटम सहित समयमै निकास दिनुपर्ने भएपनि त्यसो हुन सकेको छैन । प्रदुषण नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलकाअनुसार सिमरा र यस क्षेत्रका राजनीति दल सम्बद्ध नेताहरुले जगदम्बा लगायत यस क्षेत्रका उद्योगहरुको प्रदुषण नियन्त्रणका लागि जिल्ला प्रशासन र वातावरण मन्त्रालयसमेत पुगेर ध्यानाकर्षण गराए पनि नियन्त्रणमा उद्योगहरुले चासो लिएका छैनन् । स्थानीय प्रशासनलाई कम्तीमा उद्योगका प्रतिनिधीहरुबीच छलफलसमेत गराउन सकेको छैन । स्थानीय निकाय उपपमहानगरपालिकाले समेत खासै चासो नलिएको र वातावरण मन्त्रालयले पत्र काटी सचेत गर्नेकाम गरे पनि नियन्त्रण र उपलब्धी शुन्य रहेको बताएका छन् । अहिलेको काठमाण्डौ क्षेत्रमा देखिएको वायु प्रदुषण सिमरा क्षेत्रकै प्रदुषण प्रमुख रहेको पौडेलले बताए । उद्योगले निस्कासन गर्ने केमिकल युक्त धुलो र धुँवाका कारण स्थानियबासीमा आँखा पाक्ने, जिउ चिलाउने, खोकी, दम र भयानक क्यानसर जस्ता रोगहरु देखिन थालेको स्थानीयबासी बताउँछन् । यस क्षेत्रमा औद्योगिक प्रदुषणका कारण हरेक घरमा बिरामी हुने गरेको र यसको तथ्यांकको लागि नगरपालिकाले यसबाट कति पीडित छन भने तथ्यांक संकलन कार्य अगाडि बढाउन पर्ने स्थानीय सिता बस्नेतले बताईन् । प्रदुषणको मारमा परेका स्थानीयले आन्दोलन गरी तालाबन्दी गरेर प्रदुषण नियन्त्रण गर्न प्लान्ट लगाउने र नियन्त्रण गर्ने भने पनि अहिलेसम्म हुन सकेको छैन । काठमाण्डौमा दुई दिन जम्मा भएको प्रदुषण काठमाडौंको मात्र होइन देशमै चर्चाको बिषय भएपनि सिमरा क्षेत्रमा रहेका उद्योगहरुको प्रदुषणका कारण त हैन भनेर कसैले हेरेको छैन ।
राजमार्ग आसपासका ठूला उद्योगका रुपमा परिचित जगदम्बा, हुलास स्टिल, सूर्य नेपाल, शालिमार सिमेन्ट, हामा आयरन, अशोक स्टिल लगायतका दर्जनौ नेपालकै ठुला उद्योगहरुले निकालेकै प्रदुषण पश्चिम हुदै उत्तर हावा चलेका कारण नजिकैमा रहेको राजधानी काठमाण्डौमा प्रदुषण पुगेको सिमरा निवासी बिजय शाह ठकुरीले बताउनु भयो ।
सो बारे जगदम्बा स्टिलका जनसम्र्पक अधिकृत कुमोद ठकालले उद्योगले प्रदुषण नियन्त्रण गर्न प्लान्ट जडान गरी सकेको पटक पटक बिधुत जादा प्लान्ट रोकिएको समयमा धेरै प्रदुषण हुने गरेको बताउनु भयो । प्रदुषण ९० प्रतिशत नियन्त्रण गरेको ठकालले बताए । यता सार्वजनिक सरोकार समितिका संयोजक पौडेलले भने एक प्रतिशत पनि नियन्त्रण हुन नसकेको बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content