नव जन जागृति युवा क्लब सिमराको अध्यक्षमा रामचन्द्र लामा निर्वाचित

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लाको सिमरामा धेरै फुटबल खेलाडि उत्पादन गर्न सफल नव जन जागृति युवा क्लब सिमराको अध्यक्षमा रामचन्द्र लामा निर्वाचित भएका छन । क्लबको १३ ओै बार्षिक साधारणसभाले जीतपुरसिमरा वडा नं. १ का वडा सदस्य समेत रहेका लामालाई सर्वसम्मतले निर्वाचित गरेको हो । कुल सदस्य १७ सदस्यीय कार्यसमितिको अगुवाई गरेका लामा प्रदेश फुटबल संघका उपाध्यक्ष र जिल्ला फुटबल संघका बरिष्ट उपाध्यक्ष समेत रहेका छन् । कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेकाको घरघरमा पुगी लामाले उत्कृष्ट काम गरी समाजको मन जित्न सफल लामा नेपाली काग्रेसका युवा नेता समेत रहेका छन् । ग्रासरुट फुटबलका सम्योजक समेत रहेका लामाको अगुवाईमा १४ बिद्यालयका झण्डै चार सय बिद्यार्थिहरुलाई निशुल्क फुटबल प्रशिक्षण समेत गराउदै आएका छन् । विभिन्न सामाजिक संस्थामा बसी लोकप्रिय बनेका लामालाई एक सय भन्दा बढी सदस्यता रहेको देशविदेशमा समेत नाम कमाउन सफल क्लबको अगुवाईले फुटबलमा फेरी उर्जा थप्ने अग्रज पत्रकार रेशम तिवारी बताउनु हुन्छ ।
जितपुर सिमरा उपमहानगरपालिका स्थित होटेल पाराडाईज सिमरामा सम्पन्न सभाले उपाध्यक्षमा दुर्गा बहादुर थापा, महासचिवमा शम्भु सिंह ठकुरी ,सचिवमा श्यामकृष्ण सुवेदी, कोषाध्यक्षमा शालिकराम अधिकारी निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरुमा समीर आले, बिक्रम श्रेष्ठ, बिनोद देवकोटा, निराजन थापा, शोभा कार्की, गोबिन्द गहतराज, निरोज पुडासैनी, सोमलाल बम्जन र सोनु छेत्री रहेका छन ।

क्लबको अध्यक्ष कासिम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबका अध्यक्ष कासिम अन्सारीले क्लबको बिकास गराई रास्ट्रिय स्तरमा क्लबलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । मियाले विभिन्न प्रायोजक र सह प्रायोजकलाई साथमा लिएर देशकै लोकप्रिय प्रतियोगिता गराउन नियमित गराएका थिए । गतबर्ष कोरोना महामारी भएपछि अन्तिममा आएर प्रतियोगिता स्थिगित गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्दै मियाले आजिवन क्लबलाई सहयोग र साथ दिने प्रतिबद्धता समेत जनाएका छन । क्लबले मोफसलमा सबै भन्दा ठूलो धन राशीको रास्ट्रीय प्रतियोगिता गराउन शुरु गरेको थियो । क्लबले प्रतियोगिता गराउदै रास्ट्रीय अन्तरास्ट्रिय खेलाडी उत्पादन गरी सकेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलको प्रमुख आथित्यतामा सम्पन्न सभामा कार्यक्रममा नेकपाका प्रदेश सदस्य राजन पौडेल, वडा नं. १ का वडाअध्यक्ष हिरा गुरुङ, नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ता, पत्रकार प्रकाश लम्साल, होटल ब्यवसायी मोहन लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यप्त गरेका थिए । नगरप्रमुख पौडेलले नगरको तर्फबाट प्रतियोगिताका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content