बास्तबिक किसानले राहत नपाएको तरकारी किसानको आरोप

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बिदुर खडका
बारा । नेपाली समाजमा राजनितिक र ब्यापारिक क्षेत्रमा मात्र नभै किसानको क्षेत्रमा समेत खुट्टा तान्ने प्रबृतिले गर्दा बास्तबिक किसान ओजेलमा परेको जनाएका छन ।
बारा औराहका तरकारी उत्पादककिसान सरण प्रसाद अगस्तिले सरकारबाट पाउने सेवा सुबिधा गाउका पहुच र टाठाबाठाले मात्र पाउने गरेकोले बास्तबिक किसान ओझेलमा परेको जनाएका हुन ।
बिगत तिन दसक देखि २ कठ्ठा जमिनमा लगातार तरकारी खेतीगरी तिन जना छोरा छोरीको लालन, पालन, र पडाई लेखाई समेत गरि सोहि दुई कठ्ठाको तरकारी खेतीको आमदानिबाट घर ब्याबहार चलाईरहेका अगस्तिले हाल संम्मकुनै पनि निकायबाट तरकारी खेतीको लागि आउने सहयोेग नपाएको गुनासो गरेका छन ।
गाउका बनावटी किसानले मेहनत नगर्ने देखावटी तरकारी खेति गरि अनुदान र सहयोग लिन मरि मेटनेहरुले मात्र राज्यबाट पाउने सेवा सुबिधा पाउने गरेको अगस्तिको आरोप छ ।
बेमौसमी तरकारी खेतीको लागि सर सहयोग पाएमा अझै प्रगति गरी तरकारीमा आत्मानिर्भर रहने सरकारको चाहानालाई समेत पुरा गर्ने आट रहेको अगस्तिले बताए ।
एक फरक प्रसंगमा अगस्तिले नेपाली समाजमा असिक्षीत बर्गले भन्दा शिक्षित बर्गमा सबै क्षेत्रमा बिकृति बिसंगति ल्याएको ठहर छ ।

शेयर
प्रतिक्रिया
Skip to content