नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता भेला सम्पन्न

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जितपुर सिमरा उपमहानगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला अध्यक्ष कृष्ण खनालको अध्यक्षता सिमरामा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य, प्रदेश नम्वर २ का सह इन्चार्ज तथा पुर्व मन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पासवानले असंवैधानिक संसद बिघटन पुनःस्थापना भएरै छाड्ने स्पष्ट पार्नुभयो । उहाले ठुला तानाशाहलाइ जनताको आन्दोलनले परास्त गरेको स्मरण गर्दै तानाशाही प्रवृत्ति नदेखाउन चेतावनी दिनुभयो । नेकपाका नेता तथा पुर्व मन्त्री पुरुषोतम पौडेलले प्रतिनिधि सभाको बिघटनले जनताको भावना माथि ठेस पुर्याएको उल्लेख गर्दै जनताको भावना अनुसार प्रतिनिधि सभा पुनर्स्थापना गर्नु पर्ने बताउनु भयो । कम्युनिष्ट पार्टीको सरकार जनताको समस्या समाधानमा लाग्नु पर्नेमा प्रधामन्त्री ओलीले त्यसो नगरेर स्वार्थमा लागेको दाबि गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य दिनेश राई, नेकपा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सबिधान सभाका सदस्य जयराम दाहाल, नेकपाका नेताहरु गिता कडेल, सीता गुरुङ, बिभा कार्की, राजन पौडेल, देवनारायण चौधरी, मनोज पौडेल लगायत सहभागी रहेका थिए । कार्यक्रमको सहजीकरण मिन प्रसाद आपागाइ र स्वागत अर्जुन चिमरीयाले गर्नुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content