पोखरा । नेपाल तेक्वान्दो सघंका महासचिव दिपराज गुरूङले तेक्वान्दो परिवारका लागि दोस्रो योजना अनुसार हाई अलटिच्युट टे«निङ सेन्टरको स्थापना गर्न शुरु गरिएको बताउनु भएको छ । नेपाल तेक्वान्दो सघंको बार्षिक साघारण सभालाई सम्बोधन गदैै महासचिव गुरूङले यस्तो बताउनु भएको हो । काठमाण्डौमा संघको सुबिधा सम्पन्न भवन र कार्यालय स्थापना गर्ने संघको पहिलो योजना सम्पन्न भईसकेकोले दोश्रो योजनामा राजधानी काठमाडौ देखि अति निकट रहेको दोलखाको सैलुङ श्रेत्रको भुभागमा खेलकुद प्रशिक्षणका लागि उपयुक्त भएकोले संघले रिसर्च सेन्टर बनाउने प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।
विश्वमा यस्तो ट्रेनिङ सेन्टर कतै नभएको बताउँदै गुरुङले विश्वमै पहिलो हाई अलटिच्युड तेक्वान्दो ट्रेनिङ एण्ड रिसर्च सेन्टर हुने बताउनु भयो । त्यसका लागि स्थानीय गाउँपालिकाले जग्गा उपलब्ध समेत गर ीसकेको गुरुङले बताउनु भयो । जग्गामा तारवार गर्ने र नक्सा बनाउने काम समेत सम्पन्न भईसकेको बताउँदै महासचिव गुरुङले अब जतिसक्दो चाँडो राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव लगायतको सरोकारवालाहरुको सहभागितामा सेन्टरको शिलान्यास कार्य अगाडि बढाउने उहाँले बताउनु भयो । हिमालय र प्रकृतिको अवलोकन समेत गर्न सकिने उक्त सेन्टर स्थापनाले विश्वका खेलाडीहरूले ट्रेनिङ र अवलोकन गरी नेपाल र सैलुङ क्षेत्रको पर्यटन बिकास गर्दै नेपालको शिर उच्च पार्ने बताउनु भयो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाको अध्यक्षतामा सम्पन्न साघारण सभामा सो सेन्टर निर्माणका लागि ३ नं. प्रदेश तेक्वान्दो संघले २ लाख, १ नं. र सुदर पश्चिम प्रदेश तेक्वान्दो संघले १–१ लाख र संखुवासभा र दोलखा कार्यसमितिले ५०–५० हजार, सिन्धुपालचोक, रामेछाप, चितवन र ललितपुर तेक्वान्दो कार्य समितिले २५–२५ हजार सो रिसर्च सेन्टर निर्माणका लागि प्रदान गर्ने कार्यक्रममा घोषणा समेत गरेका थिए । तीन चरणमा सम्पन्न कार्यक्रम अनुसार तेक्वान्दो संघले पहिलो चरणमा बन्द सत्र, दोश्रो चरणमा उद्घाटन कार्यक्रम र तेश्रो चरणमा बन्द सत्र तथा विधान संशोधन गरी बार्षिक साधारणसभा सम्पन्न गरेको हो । उद्धघाटन सत्रका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले नेपाल तेक्वान्दो संघ नै आधिकारिक तेक्वान्दो संघ भएको बताउनु भएको थियो ।
सिलवालले तेक्वान्दो बिकासका लागि नेपाल तेक्वान्दो संघलाई आफूले सबै सहयोग गर्न तयार रहेको समेत बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष भोजबहादुर शाहले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले नेपाल तेक्वान्दो संघ एकमात्र अधिकारिक तेक्वान्दो संघ भएको अन्य संघलाई ओलम्पिक कमिटीले नचिन्ने बताउनु भएको थियो । कार्यक्रमको बन्द सत्रमा सबै प्रदेशका अध्यक्षहरुले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव दीपराज गुरुङले महासचिवको प्रतिवेदन र आगामी कार्यक्रम बारे राख्नु भएको थियो भने संघका कोषाध्यक्ष कासिम मियांले संघको बार्षिक आय–व्ययका बारेमा राख्नु भएको थियो । सभाले सबै प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरेको थियो । संघको साधारण सभामा परिषदका सदस्य नन्दा बस्याल, ओलम्पियन दिपक बिष्ट, मुख्य प्रशिक्षक नविन श्रेष्ठ तेक्वान्दोका सिनियर प्रशिक्षक पदाधिकारी सदस्य, प्रदेशका पदाधिकारी , जिल्लाका प्रतिनिधि लगायतको गरी सभामा दुई सय भन्दा बढीको उपस्थिति रहेको थियो । साधारण सभामा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत तेक्वान्दो सामाजिक हिरोको उपाधि एभिन्युज टिभीका शुशिल पाण्डे र अनाथ बालबालिका क्षेत्रमा काम गर्ने स्नेहा पोखरेललाई सम्मानित गरेका थिए ।
विश्वमै पहिलो हाई अलटिच्युड तेक्वान्दो ट्रेनिङ एण्ड रिसर्च सेन्टर हुने–महासचिव गुरूङ
प्रतिक्रिया
प्रतिक्रिया