कलैया । बारामा उप प्रधानमन्त्री इश्वर पोखरेललाई आफनै बिद्यार्थि संगठन अनेरास्ववियुले कालो झणडा देखाउदै बिरोध प्रदर्शन गरेका छन् । त्यसैगरी प्रतिपक्षी नेपाली काग्रेसका बिद्यार्थि संगठन नेबि संघले समेत कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गरेको छ । संसद बिघटनको बिरोधमा बिद्यार्थि संगठनहरुले बिरोध जनाउदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समर्थकको आयोजना गरेको आमसभालाई सम्बोधन गर्न बारा आएका नेपाल सरकारका उप प्रधानमन्त्री इश्वर पोखरेल, शहरी बिकास मन्त्री प्रभु साह सहितको टोली आज जिल्लाको सदरमुकाम कलैया आएका समयमा कालो झण्डा देखाएर बिरोध गरेका हुन् ।
प्रचण्ड–नेपाल समर्थक अनेरास्ववियुले कालो झण्डा देखाउदै ओलि विरुद्धको नारा लगाएका थिए । कार्यक्रम सकेर कार्यक्रमस्थल बाट बाहिर निस्किए पछी नेबि संघले कालो झण्डा देखाएको हो । सो क्रममामा उप प्रधानमन्त्री पोख्रेललाई ने बि संघ का नेताहरुले झणडा देखाउदै ओलि विरुद्धको नारा लगाएका थिए । कालो झण्डा देखाउने अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश यादवलाई प्रहरिले पक्राउ गरी साँझ छाडेको छ । कालो झण्डा देखाउने नेबि संघका केन्द्रिय सदस्य नेजामुदिन अन्सारी र नेबि संघ बाराका नेता सागर पटेललाई प्रहरीले पक्राउ गरी साँझ छाडेको छ ।
संसद बिघटनको बिरोधमा उप प्रधानमन्त्री इश्वर पोखरेललाई कालो झण्डा
प्रतिक्रिया
प्रतिक्रिया