ओलीलाई हटाउने षडयन्त्र गरेपछि संसद बिघटन –उपप्रधानमन्त्री ईश्वर पोखरेल

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री र अध्यक्षबाट प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने षडयन्त्र गरेपछि ओलीले संसद बिघटन गरेको बताउनु भएको छ । पाँच बर्ष जनादेश भएको प्रधानमन्त्रीलाई हटाउने खेल भएकै कारण बाध्य भएर ताजा जनादेशमा जान बाध्य भएको बताउनु भयो ।

फोटो शंकर खत्री
नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो कुरा बताउनु भएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिमा क्षेत्रका नागरिकका लागि नाका बन्द हुदा समस्यामा परेको सरकारले बुझेको र चाडै सिमा नाका खोल्ने बताउनु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड १९ का कारण नेपाल र भारतसंग जोडिएको सबै नाकाहरु चाडैनै खुलाउने गरी छलफल र काम अघि बढेको बताउनु भएको छ । तराई मधेसका जनताहरुलाई आफनो दैनिक ब्यवहार चलाउन देखि बिहेबारीमा जान समेत अप्ठयारो हुने गरेको उहाँले बताउनु भयो । नेकपालाई कमजोर एवम बिभाजनका लागि उभिएका प्रचण्ड, माधव नेपालका बिरोधमा डटेर समना गर्न सुझाव दिएका थिए । उपप्रधानमन्त्री पोखरेलले खास गरेर सोहि कार्यक्रमलाई सम्बोधन गर्दै विकास पे्रमीका रुपमा चर्तित रहेका शहरी बिकास मन्त्री प्रभु साहले प्रदेश नम्बर २ मा खुल्लम खुल्ला भष्टचारीहरुको सरकार रहेको आरोप लगाए । मधेसी जनताहरुलाई तिनीहरुले ठगी रहेको आरोप लगाए । कसैको दयाले होईन आत्म विस्वासले अगाडी बढे लक्ष्यमा पुग्ने भन्दै प्रदेश २ मा बिकासको गतिलाई नेकपाको सरकारले ल्याउने दावी गरे । सोही कार्यक्रमलाई कानुन मन्त्री लिलाराज श्रेष्ठले सम्बोधन गर्दे न्यालयलाई कमजोर पार्ने खेलहरु भई रहेको बताउनु भयो । त्यसो नगर्न सबैलाई आग्रह गर्दै सम्मान गर्न सुझाव दिए । नेकपाका स्थायी समिति सदस्य रघुबिर महासेठ, प्रदेश २ का इन्र्चाज सत्यनारायण मण्डल, केन्दिय सदस्यहरु ज्याला कुमारी साह लगायतका नेताहरुले आमसभालाई सम्बोधन गरेका थिए । नेकपाका बारा जिल्ला ईन्चार्ज बलबीर चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम , अच्चुत मैनालीले सञ्चालन गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content