आजदेखी कलैया अस्पतालका कर्मचारीहरुले अस्पतालको सम्पुर्ण सेवा बन्द गरि आन्दोलनमा

तराइ संचार
तराइ संचार 924 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बारा जिल्लामा कोरोना महामारीको बेला अस्पताल अन्तरगत संचालित कोरोना उपचार एवंम ब्यवस्थापनमा जोखिम लिएर काम गरेका स्वास्थकर्मीलाई जोखिम भत्ता उपल्बध नगराएको भन्दै कलैया अस्पतालका कर्मचारीहरुले अस्पताल को सम्पुर्ण सेवा बन्द गरी आन्दोलन शुरु गरेका छन् ।

सरकारी अस्पताल कलैया अस्पतालका कर्मचारीहरुले १० महिना बितिसक्दा पनि कुनै सुनुवाइ नभए पछी आजदेखी कलैया अस्पतालका कर्मचारीहरुले अस्पतालको सम्पुर्ण सेवा बन्द गरि आन्दोलन गर्ने निर्णय गरेका छन् ।

अस्पतालमा रहेका करिब ६० जना कर्मचारीहरुले संघर्ष समिति नै बनाई आन्दोलन शुरु गरेका हुन । अस्पतालकै एक कर्मचारीका अनुसार अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट मेसुलाई पटक पटक माग गर्दा पनि हाल सम्म सो भत्ता उपलब्ध नभएकाले आन्दोलनमा उत्रनु परेको बताईएको छ । संघर्ष समितिले आकस्मिक सेवा बाहेक अस्पतालका सम्पूर्ण सेवाहरु बन्द गरेर अस्पतालको प्राङगनमा शान्तिपूर्ण धर्नामा बसेका छन् । सबै स्वास्थकर्मि आन्दोलनमा गएपछी स्वास्थ्य सेवाबाट स्थानीय बञ्चित हुने भएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content