सिमरा । भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दै गएपछि नेपालमा पनि खतरा बढ्न सक्ने भन्दै चिन्ता देखिएको छ । भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ भने केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी छ । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लुको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुराको बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा मरेका थिए । जसमध्ये अधिकांश काग थिए । नेपालमा भारतबाट चराहरु आवतजावत गर्ने भएका कारण फलुबाट नेपाल पनि प्रभानवित हुने भएकाले सजग हुनुपर्ने बताईएको छ ।