सिमरा जेसिसको पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जेसिसको आयोजनामा बाराको सिमरामा पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । धनन्जय थोकरको सभाअध्यक्षमा शुरु भएको कार्यक्रममा बर्ष २०२१ को सिमरा जेसिसका लागि सर्व सहमतिले निर्वाचित अध्यक्ष शालिग्राम अधिकारी लगायतलाई पदभार ग्रहण गराईएको छ । कार्यकारी उपाध्यक्षमा रन्जित सापकोटा र सरोज भट्ट, उपाध्यक्षहरुमा लक्की रिमाल, बासुदेब अधिकारी, प्रकाश श्रेष्ठ, सन्जिब सुबेदीलाई निर्वाचित गरेको छ । अध्यक्षबाट मनोनित महासचिब पुरुषेत्तम अधिकारी कोषाध्यक्षमा सबिता सुबेदी, कानुनी सल्लाहाकारमा लक्षमण अधिकारी चयन भएका छन् ।
कार्यक्रममा भौतिक योजना तथा पुर्वाधार मन्त्री जीतेन्द्र सोनलले हरेक बर्ष सहजरुपमा पद हस्तान्तरणले आफनो क्षमता प्रदर्शन गर्न मद्दत गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा जेसिसका राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवाली , १९९८ का राष्ट्रिय अध्यक्ष दिपक शाक्य, नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ता, नेकपाका प्रदेश सदस्य राजन पौडेल उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह , होटल ब्यबसायी संघका मोहन शर्मा लामिछाने, ईलाका प्रशासनका लक्षमण ठकाल, पत्रकार प्रकाश लम्साल लगायतले शुभकामना ब्यप्त गर्नु भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content