निजगढका क्रसर उद्योगहरु संचालनमा आउने

तराइ संचार
तराइ संचार 885 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । एक महिनादेखि बन्द रहेको निजगढका क्रसर उध्योगहरु संचालनमा आउने भएका छन । नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको बैठकले एक महिनादेखि बन्द रहेको निजगढका क्रसर उध्योगहरुलाई कडाईका साथ नियमन गर्दै संचालन गर्न दिने निर्णय गरेसगै बन्द रहेका क्रसर उद्योग सञ्चालनमा आउने भएका हुन । क्रसर उध्योगमा रहेको नदिजन्य पदार्थ मौज्दात नाप जांच गरि प्रतिवेदन पेश गर्न गठित प्राविधिक उपसमितिले पेश गरेको प्रतिवेदनमा क्रसर उध्योगहरुमा मौज्दात रहेको परिमाण बमोजिमको नियमानुसार हुने राजश्व रकम बुझाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । अनुगमन तथा समन्वय समितिको बैठकले नदीबाट संकलन भई बिभिन्न क्रसर उध्योग नजिक रहेको ढुंगा,गीट्टी ,बालुवा मौज्दात कसैले जिम्मा नलिएकोले मौज्दातलाई जफत योग्य मानि सो मौज्दातको नगरपालिकाले नापजाँच गरि नजिकै रहेको क्रसर उध्योगबाट जरिवाना सहित राजश्व असुलउपर गर्ने निर्णय गरेकोछ । आफ्नो जग्गा भन्दा बाहिर नदि किनार, सार्वजनिक जग्गामा क्रसर उध्योगहरुले राखेको मौज्दात उध्योगले व्यवस्थित रुपमा राख्नुपर्ने भएपनि नराखेको भन्दै जरिवाना गर्न समेत समितिले निर्देशन दिएको छ । क्रसर उध्योगहरुले विक्री वितरण तथा मौज्दातको विवरण प्रत्येक महिनाको ७ गतेभित्र नगरपालिकामा बुझाई नगरपालिका मार्फत जीला स्तरीय नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिलाई उपलब्ध गराउने निर्णय भएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो । यसैगरी नदिजन्य पदार्थ उत्खननको सन्दर्भमा निजगढ नगरपालिकाबाट चालु आर्थिक वर्षमा भएको नदिजन्य पदार्थ ठेक्का कार्यान्वयनको क्रममा नदीमा चारकिल्ला तोकी घाटगद्धि गरि ढुंगा,गिट्टी,वालुवा उत्खनन विक्री तथा व्यवस्थापन मापदण्ड बमोजिम घाटगद्धीबाट विक्री वितरण गराईने पनि बैठकले निर्णय गरेको निजगढका मेयर खनालले बताउनुभयो । यससंगै नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको बैठकले गरेको निर्णय कार्यान्वयन गरि निजगढमा रहेका क्रसर उध्योगहरु संचालनको बाटो खुलेकोहो । नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको गत पौष २ गते बसेको बैठकले निजगढमा संचालित क्रसर उध्योगहरुलाई संचालनमा तत्कालकालागी रोक लगाएकोथियो ।
जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहको सभापतित्वमा सम्पन्न बैठकमा निजगढका मेयर सुरेश कुमार खनाल,प्रमुख जिल्ला अधिकारि दिपकराज नेपाल, डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद लगायतको सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content