पूर्व पश्चिम रेलमार्गको खण्डमा कस्ता संरचना छन् भन्ने विवरण लिन निजगढ आएका हौँ,’ पौडेल

तराइ संचार
तराइ संचार 771 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पूर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदनका लागि सर्भेको क्रममा उपलब्ध गराएको विवरणको आधारमा रेल विभागले उपयुक्त स्थानबाट रेलमार्गको रेखांकन तय गर्ने बताईएको छ । पूर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएपछि रेलमार्गको रेखांकन सर्भेका इन्चार्ज इन्जिनियर सुरज पौडेलले यस्तो बताएका हुन । अहिलेसम्म यही ठाउबाट रेलमार्ग लैजाने भनेर ऐकिन भई नसकेको बताउदै रेल्वेको सर्भे ईन्जिनियर टोलीले दिएको प्रतिबेदनका अनुसार उपयुक्त स्थलबाट रेलमार्ग रेल्बे कम्पनीले छनौट गर्ने बताएका छन् । रेलमार्गको रेखांकन गरी रहेको क्षेत्रभित्र आफ्नो घर जग्गा पर्ने देखिएपछि निजगढवासी त्यसको विरोधमा उत्रेका छन् । सो क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध पछि सर्भे टोली फर्किएको छ । रेलमार्गको रेखांकन क्षेत्रभित्र पर्ने भौतिक संरचना तथा जमिनको विवरण उठाउन खोज्दा स्थानीयबाट अवरोध सिर्जना भएको बताएका छन् । रेलमार्ग कहाँबाट लग्दा उपयुक्त हुन्छ । यो खण्डमा कस्ता संरचना छन् भन्ने विवरण लिन निजगढ आएका हौँ,’ पौडेलले भने, ‘यो प्रारम्भिक चरण मात्रै हो । पटक पटकको सर्भे भएपछि मात्र स्थान तय हुन्छ ।

शेयर
प्रतिक्रिया
Skip to content