सिकेन्द्र पासवान
कलैया २ माघ
बारा निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख का सदस्य पारस साहले संघ, प्रदेश र स्थानिय सरकारको समन्वय भएमात्र शिक्षाको स्तरलाई अगाडी बढाउन सकिने कुरामा जोड दिएका छन । रामराजा मोहन बिक्रम क्याम्पसको १३ औ सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रदेश साँसद साहले यस क्याम्पसको स्तरवृद्धि सगै शिक्षाको स्तरलाई अझै अचाईमा पुगाउनका लागि जस्तो सुकै सहयोग गर्ने आफु प्रतिवद्ध रहेको बताए । क्याम्पसमा दक्ष जनशतिm परिचालन गरि बिधार्थीहरुलाई दतचित भई अध्यापन गराउन प्रध्याप्कहरुको भुमिका महत्पपुर्ण रहेको चर्चा गर्दै निष्टापुर्वक पढाउन आग्रह गरे । प्रदेश सरकारको सदनमा आफुले नै प्रस्ताव राखी समुदायिक बिधालयको स्तरवृद्धिका लागि निती तथा कार्यक्रममा बजेट समावेश गराएको जानकारी दिए । पुनारो भवन मर्मत तथा रंगरोहनका लागि संसदिय बिकासकोष बाट रु १० रुपैया माघ महिना भित्र क्याम्पसलाई दिने उनले प्रतिवद्धता ब्यतm गरेका थिए । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सहायक मन्त्रि कलावती पासवानले दलित छात्राबासलाई संचालन गर्न आग्रह गर्दै गरिब, निम्न बर्गका लागि क्याम्पसले थप सुबिधा प्रदान गर्न माँग गरिन् । शिक्षा क्षेत्रमा राजनितिक नगर्न आग्रह गर्दै सहमति समन्वय गरि क्याम्पसलाई सही दिशातिर लान सुझाव दिईन । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले क्याम्पसलाई वेवस्थित गर्न नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता ब्यतm गर्दै अन्य संकाय संचालन गर्नका लागि पनि पुर्णरुपमा आर्थिक सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिए । जसपाका केन्दिय सदस्य चुमनबाबु केटवले स्थानिय सरकारले क्याम्पसलाई उपेक्षा गरेको दोषारोहन गरे । सरकारले दिएको ८० लाख रुपैया समेत फ्रिज हुन क्याम्पसको कमजोरी रहेको तर्क उनले गरे । सो अवश्रमा क्याम्पसलाई सहयोग गर्ने लेखापढी ब्यवसायी संघका अध्यक्ष वृजकिशोर यादव, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र सिहलाई दोसल्ला ओढाई सम्मान क्याम्पस संचालक समितिका अध्यक्ष प्रभुनाथ पटेलले गरेका थिए । संचालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, नेकपा पार्टी माधव प्रचण्ड समुहका नेता बिक्रम ठाकुर, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुतिm यादव, क्याम्पसका पुर्व अध्यक्ष सुरेश मोदक, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान, महिला अधिकारकर्मी बबिता जसवाल, बेटी पढाउ बेटी बचाउ अभियानकी अध्यक्ष निभा सिह, शिक्षक रबिन्द्र गिरी लगायतकाले शुभकामना मन्तब्य ब्यतm गरेका संचालक सकितिका सदस्य सरस्वती खरेल साहले जानकारी गराईन । सो अवश्रमा क्याम्पसको अवस्थाका बारेमा क्याम्पस प्रमुख रबिभुषन कुसवाहाले प्रकाश पारेका थिए । प्रध्याप्क अमित मिश्राको संचालन, संचालक समितिका उपाअध्यक्ष जंगबहादुर चौरसियाले स्वागत मन्तब्य गरेको सो कार्यक्रममा पत्रकार रतन टेमानीले गरिब, जेहन्दार एवम दलित वर्गका बिधार्थीहरु मध्ये १ जनालाई प्रत्येक बर्ष छात्रावृति प्रदान गर्ने घोषना गरेका थिए ।
रामराजा मोहन बिक्रम शाह बहुमुखी क्याम्पसको १३ औ सभा सम्पन्न
प्रतिक्रिया
प्रतिक्रिया