सिमरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले प्रदेश खेलकुद ऐनको अभावमा जिल्ला खेलकुद विकास समिति, प्रदेश खेलकुद विकास समिति लगायत खेलकुदको संरचना नै बन्न नसकेको बताउनु भएको छ । दुई नम्बर प्रदेशमा खेलकुदको अवस्था चिन्ताजन भएको बताउदै उहाँले २ नं. प्रदेशले खेलकुद ऐन अहिलेसम्म पारित नगरेका कारण खेलकुदको अवस्था चिन्ताजनक बनेको बताउनु भएको हो ।
२ नम्बर प्रदेश बाहेक सबै प्रदेशमा खेलकुदको ऐन पारित गरीसकेको बताउ“दै सिलवालले बागमती र कर्णाली प्रदेशले खेलकुद ऐन पारित गरी प्रदेश सदस्यसचिव समेत नियुक्त गरिसकेको भएपनि अहिलेसम्म २ नं. प्रदेशले खेलकुद ऐन पारित गर्ने तर्फ अगाडि नबढेको बताउनु भयो ।त्यसैले प्रदेश नं. २ मा खेलकुदको अवस्था चिन्ताजनक रहेको छ सदस्य सचिव सिलवालले बताउनु भयो । प्रदेशको सामाजिक मन्त्रीले खेलकुद प्रति ध्यान नदिएको प्रदेशका खेलाडीहरुले भनी रहेको अबस्थामा मन्त्रीले ऐन पारित गर्न नसक्नु दुःखद विषय भएको समेत उहा“ले बताउनु भयो । उहाले आन्तरिक मामिला कानुनमन्त्रीले खेल गराई रहेपनि सामाजिक मन्त्रीले खेलकुदप्रति कुनै चासो र समय दिने नगरेको उहाले बताउनु भयो ।
बाराको सिमरामा रहेको रंगशालाको अनुगमन निरीक्षण गर्न सिमरा आइपुग्नु भएका सदस्य सचिव सिलवालले रंगशालामा आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो । हरेक वर्ष आयोजना गर्दै आएको सिमरा गोल्डकप प्रतियोगिता, कभर्डहल निर्माण तथा रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले सक्दो सहयोग गर्ने उहा“ले बताउनु भयो । रंगशालाको अवस्था र गर्न सक्ने कार्यका बारे निरिक्षण गर्न आइपुगेका सिलवालले प्राविधिक टोलीसहित आफूले सिमरामा के कस्तो अवस्था छ भन्ने निरीक्षण पश्चात यसलाई तदारुकताका साथ अगाडि बढाउन सहयोग पुग्ने उहा“ले बताउनु भयो । उहाले बिरगन्ज देखि जनकपुरसम्म खेलकुदको अबस्थाका बारेमा निरीक्षण गरी काम गर्न अग्रसर भएको बताउनु भयो । सदस्य सचिव सिलवालले सिमरा रंगशालाको पश्चिम तर्फको प्याराफिटको काम यसैबर्ष सक्ने गरी काम अगाडि बढाउने, गेट सम्पन्न गर्ने तथा कभर्डहल र खेल मैदानको काम अगाडि बढाउन निर्देशन समेत दिनु भयो । सो का लागि बजेट विनियोजन र आवश्यक परिषदले गर्नु पर्ने सबै काम अगाडि बढाउने प्रतिबद्धता समेत जनाउनु भयो । बाराको सिमरामा करिब १४ बिघा क्षेत्रफलमा निर्माण भईरहेको रंगशालाको बजेट अभावका कारण केही समय देखि काम सुचारु हुन सकेको छैन । सदस्य सचिव सिलवालले ठेकेदारलाई म्याद थप र रकम मागका लागि परिषदमा निवेदन दिदै काम गुणस्तरीय र तत्काल छिटो भन्दा छिटो सक्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा जीतपुरसिमरा नगर मार्शलआर्ट संघका अध्यक्ष गुरुप्रसाद गौतम, न्यू जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामा, १ नं. वडाका वडाअध्यक्ष हिराबहादुर गुरु·, रंगशाला निर्माण अभियानका अगुवा धनबहादुर श्रेष्ठ, साइक्लि· संघ, ब्याडमिन्टन संघ, कराते संघ, तेक्वान्दो संघ लगायतका सम्पूर्ण खेलकुदकर्मी प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।
दुई नं. प्रदेशमा खेलकुदको अवस्था चिन्ताजनक – सदस्य सचिव सिलवाल
प्रतिक्रिया
प्रतिक्रिया