सिमरा । बाराको जीतपुरसिमरा अन्तर्गत श्रीमान श्रीमती प्रभु शमसेर जबरा र श्रीमति राजी राणाको सहयोगमा करिब ३ लाख ८० हजार बराबरको २ सय थान कम्बल र म्याट वितरण कार्यक्रम एक समारोह बीच वितरण भएको छ । बाराको जीतपुरसिमरा अन्तर्गतका गरिब, बिपन्न मुसहर, दलितहरुलाई वितरण गर्ने कार्यक्रम अनुसार बाराको औराहा, फरहदवा र मुसहर बस्तीमा शुक्रवार ४० घर परिवारलाई वितरण गरिएको र शनिवार वडा नं. १ का गरिब बिपन्न परिवारलाई कम्बल वितरण र म्याट वितरण गरिएको छ । स्थानीय सिमरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी शिव पौडेल लगायतका समाजसेवीहरुद्वारा राणा दम्पतीले उपलब्ध गराएको सो सामाग्री वितरण भईरहेको बताइएको छ ।
यसैगरी बाराको कलैयामा माघे संक्रान्तीको अवसरमा कलैया उपमहानगरपालिका वडा नं. १ का यादव दम्पति लक्ष्मी र राजभरी अहिरिन द्धारा गरिब, सहाय, बिपन्न, दलितलाई कम्बल वितरण गरेका छन । कलैया उपमहानगरपालिका वडा नं. १, २, ३, ४ का गरि २ सय ५ जनालाई १४ औ पल्ट उनीहरुले कम्वल बितरण गरेका हुन् । कम्वल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी निर्वाचन क्षेत्र नम्बर ३ का बिघटित संघिय सा“सद रामबाबु कुमार यादवल सेवा नै धर्म हो भने मन्यतालाई यादव दम्पतीले प्रमाणित गरेको बताउनु भयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य एवम नेपाली का“ग्रेसका पूर्व सचेतक डा. शोभाकर पराजुलीले समाजमा सबै नागरिकमा दया र करुणाको चेत भयो भने निश्चय नै समाज समृद्ध र उन्नतीको मार्गमा अगाडि बढ्ने बताउनु भयो । कम्बल बितरण कार्यक्रमलाई प्रदेश सा“सद पारस साह, ज्वाला कुमारी साह, जिल्ला समन्वय समितिका सहसंयोजक पवन कुमार ब्याहुत, कलैया उपमहानगरपालिका मेयर राजेशकुमार यादव, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रशासकिय अधिकृत मुरारी कार्की, बारा उधोगा बाणिज्य संघका महासचिव रामअसिस साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, मर्दशा माबिका अध्यक्ष महम्द सगिर, बेगा साह माबिका प्रअ देवेन्द्र गिरी, ब्रम्ह कुमारी राजसेवा केन्द्रका संचालिका मिना दिदी, प्रहरी नायव उपरिक्षक गौतम मिश्र, लगायतका आफनो बिचार ब्यतm गर्दै यादव दम्पतिको कार्यको प्रशंसा गरेका थिए ।
राणा दम्पतीद्वारा ३ लाख ८० हजार बराबरको २ सय थान कम्बल र म्याट वितरण कार्यक्रम
प्रतिक्रिया
प्रतिक्रिया