राज्यले अझैपनि थारु आदिवासी जनजातिलाई उपेक्षा गरेको आरोप– पुर्वमन्त्री चौधरी

तराइ संचार
तराइ संचार 859 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । राज्यले अझैपनि थारु आदिवासी जनजातिलाई उपेक्षा गरेको आरोप पुर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले बताउनु भएको छ । थारु आदिवासीको उत्थानका लागि विशेष योजना आउन नसक्नु दुःखको विषय भएको पूर्व मन्त्री चौधरीले बताउनु भयो ।
बाराको कोल्हवीमा विहिवारदेखि तीन दिने थारु माघी सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले सो कुरा बताउनु भएको हो । थारु कल्याणकारिणी सभा बाराको आयोजनामा उक्त महोत्सव कोल्हवी नगरपालिका वडा नं. एक मा शुरु भएको हो । महोत्सवको उद्घाटन पुर्वस्वास्थ्य मन्त्री उमाकान्त चौधरीले गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्वमन्त्री चौधरीले थारु समुदायको संस्कृतिलाई पर्यटनसंग जोडेर युवालाई स्वरोजगार बनाएर काम गर्न सके देश आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने समेत बताउनु भयो ।

महोत्सवमा मनोरञ्जनको लागि विभिन्न खेल, तमासा, झुला समेत राखिएको छ । यस्तै चितवन, नवलपरासी लगाएत स्थानीय थारु कलाकारहरुको प्रस्तुती समेत भएको तीन दिने सो महोत्सव शनिवार सम्पन्न भएको हो । महोत्सवमा थारु जातिको विभिन्न भेषभुषा, थारु संस्कृती झल्किने बिभिन्न किसिमको नृत्य जस्तै घाटो, समाचकेवा, हरफरौरी, ठ्करा नाच, पुर्बी नाचको झा“की प्रदर्शनका साथै शनिवार चर्चित गायिका अनु चौधरीले आफ्नो गीतहरु प्रस्तुत गरेकी थिइन् । थारु जातीका विशेष परिकारहरु लाई, सठौरा, तिलवा, बगेआ, घोङ्ही , सिधरी, पकली, मसुलार लगाएत स्ट्ल राखिएको थारु कल्याणकारिणी सभाका जिल्ला सचिव यादवकृष्ण चौधरीले बताए ।
थारु कल्याणकारिणी सभाका सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा आयोजित उक्त उद्घाटन समारोहमा बारा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय बाराका नयाव प्रहरी उपरिक्षक गौतम मिश्रा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेशकुमार खनाल, बारागढी गाउ“पालिकाका अध्यक्ष देवदत बछार, कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ, थारू अगुवा रबिन्द्र पनुहर लगायतकाले सम्बोधन गरेको कल्याणकारिणी सभाका सचिव चौधरीले बताए । बाराको कोल्हवीमा तीनदिने थारु माघी सांस्कृतिक महोत्सव आज समापन राष्ट्रिय कलाकार सहित सास्कृतिक कार्यक्रम गरी समापन हुदै छ ।

शेयर
प्रतिक्रिया
Skip to content