कलैया । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तानाशाहा शैलीको प्रर्दशन गरेको आरोप नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फर्मुला मंसुरले लगाएका छन् । केपी शर्मा ओली संविधानलाई नै लत्याएर स्वघोषित महाराज बन्न खोजेको आरोप उहाँले लगाउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको देशव्यापी नगर, गाँउपालिका स्तरीय बिरोध प्रदर्शन तथा सभा गर्न निर्देशन गरेसगै कलैयामा आयोजित सभालाई सम्बोधन गर्दै नेता मंसुरले सो कुरा बताउनु भएको हो । बाराका सबै पालिकाहरुमा काग्रेसको बिरोधसभा सम्पन्न भएको छ । बिगतका आन्दोलन भन्दा ब्यापक जनसहभागिता रहेको बाराको कलैयामा गाउँ गाउँबाट ठुलो जनसहभागिता रहेको थियो । बाराका ९ गाउँ पालिका, पाँच नगरपालिका र दुई उपमहानगरपालिकामा नेपाली काग्रेसले बिरोध प्रदर्शन गरेको हो । कलैया नगरपालिकामा केपी ओली सरकारको जनविरोधी कदमको विरोध गर्दै सम्पन्न बिरोध सभा नगर सभापति पुरुषेत्तम सिह पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो । बिरोध सभालाई, पार्टी सभापति जयचन्द्र चौरसिया, सचिब मनोज भट्ट, कलैया नगरपालिकाका नगर प्रमुख राजेश राय यादब, क्षेत्रिय सभापति मुकेश कुश्वाहा,नरेश गुप्ता,राजेश्वर रौनियार लगायतले बिरोधसभालाई सम्बोधन गरेका थिए । संसद विघटनको असवैधानिक कदमको खारेजी गर केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा लगाउदै बाराका सबै नगरपालिकामा विरोध प्रर्दशन गरेको हो ।
केपी ओली भ्रष्टचार कुशासक र अधिनाकवादी समेत भएको आरोप विरोध सभामा बोल्ने अधिकांश नेता कार्यकर्ताहरुले लगाएका थिए । नेपाली कांग्रेस केन्द्रिय समितिको कार्यक्रम अनुरुप देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा असंवैधानिक कदमको विरोध गर्ने कार्यक्रम अनुरुप बारामा पनि प्रदर्शन गरिएको नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले बताउनु भयो । नगरका ग्रामीण बस्तीहरुबाट आएका कांग्रेस कार्यकर्ताले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, भ्रष्टचारी सरकार मुर्दावाद, संसद विघटनको असवैधानिक कदम खारेज गर भन्ने नारा लगाउदै बजारको परिक्रमा गरि कोण सभा समेत सम्पन्न गरेका हुन ।