नेपाली कांग्रेसको निजगढमा बिशाल विरोध सभा सम्पन्न

तराइ संचार
तराइ संचार 770 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपालि कांग्रेसको आयोजनामा निजगढमा बिशाल विरोध सभा सम्पन्न भएकोछ । नेपालि कांग्रेस निजगढले महेन्द्र राजमार्गमा बिशाल र्याली प्रदर्शन गर्दै बिरोध सभाको आयोजना गरेकोहो ।

बिरोध सभालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले गणतन्त्र स्थापना गर्न हजारौ जनताको त्याग र बलिदानी रहेको भन्दै गणतन्त्रलाई धराप हुने खाल्को कुनैपनि कार्य नेपालि कांग्रेसलाई मान्य नहुने बताउनुभयो । प्रतिनिधि सभा बिघटनको बिरोध गर्नुहुदै लामाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनालले प्रधानमन्त्रीले सिफारिस गर्दैमा कोहिकसैसंग सल्लाह र छलफल नै नगरी राष्ट्रपतिले प्रतिनिधि सभा बिघटन गर्नु राष्ट्रपतिको अयोग्यता प्रष्टिएको बताउनुभयो । प्रतिनिधि सभा बिघटनको घोषणा गर्नुअघि राष्ट्रपतिले सर्वपक्षीय छलफल र सल्लाह गर्नुपर्नेमा निरङ्कुश ढंगले एकलौटी विवेकमा संसद विघटन गर्नु दुर्भाग्य भएको खनालले बताउनुभयो । मेयर खनालले कम्युनिष्ट सरकारको कारण अहिले देश बन्दक हुने अवस्थामा रहेको भन्दै अदालतले संसद पुनर्स्थापना गर्दै देशलाई निकास दिनुपर्ने कुरामा जोड दिनुभयो । यसैगरि नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि शम्भु बहादुर बुढाथोकीले कम्युनिष्टहरुको तानाशी व्यवहारले देशलाई दुर्घटनाको अवस्थामा पुर्याएको भन्दै मुलुकलाई बचाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । निजगढस्थित लालबकैया नदीको पुलबाट निस्किएको र्याली शहिद चोकमा पुगेर बिरोध सभामा परिणत भएकोथियो । नेपालि कांग्रेस निजगढका सभापति महेशी कुमरको सभापतित्वमा सम्पन्न बिरोध सभामा नेपाल विध्यार्थी संघ नेपाल कमर्श क्याम्पस काठमाडौंका अध्यक्ष विष्णु खड्का,वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन,वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान,नेपाल तरुण दल निजगढका अध्यक्ष चित्र कुमार तिमल्सिना,नेपाल विध्यार्थी संघका नेता मधु तिमल्सिना,नेपालि कांग्रेस निजगढका नेता पासाङ लामा लगायतले सम्बोधन गर्नुभएकोथियो । नेपालि कांग्रेस निजगढकि उपसभापति मिरा गौतमको स्वागत मन्तव्य र नेपालि कांग्रेस निजगढका सचिव रोशन पाख्रिनले संचालन गर्नुभएको कार्यक्रममा नेपालि कांग्रेसकि महाधिवेशन प्रतिनिधि माला लामा,नेपालि कांग्रेसका जिल्ला सदस्य कृष्ण वहादुर लो,अमिर मोक्तान क्षेत्रीय सदस्य पदम बहादुर भण्डारी,महिला नेत्री रामकुमारी गोले,उध्योग वाणिज्य संघ निजगढका पुर्व अध्यक्ष ज्ञानु चौलागाई लगायतको सहभागिता रहेकोथियो ।

शेयर
प्रतिक्रिया
Skip to content