सिकेन्द्र पासवान
कलैया ३ माघ
सरकारको सर्वसतावाद, अलोकतान्त्रिक, अप्रातान्त्रिक एवम असंवैधानिक कदमको बिरोधमा बाराको १६ वटा स्थानिय तहहरुमा नेपाली काँग्रेसले बिरोध प्रर्दशन तथा बिरोध सभा सम्पन्न गरेका छन् । नेपाली जनताको जनचहना विपरित संविधानमा नभएको ऐनलाई टेकी प्रधानमन्त्रि केपीशर्मा ओलीले संसद बिघटन गरि अधिनायकवादको शैलीमा देशलाई लान खोजेको आरोप नेताहरुले लगाएका हुन । न्यालय, संवैधानिक आयोगहरु, प्रहरी, नेपाली सेनालाई समेत आफनो हातमा लिई लोकतन्त्रलाई नै धराप पार्ने रणनितीका साथ ओली लागीरहेको भन्दै आन्दोलनको आधी बेहेरीबाट नै उनको कदमलाई प्रास्त गर्ने कुरामा नेताहरुले जोड दिएका थिए । संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विधीको शासन कायम गर्ने, हत्या हिंसा, बलात्कार, अपहरण भष्टाचार बन्द गर्नेका लागिपनि ससद जिवित गर्नेका लागि सबै राजनितक शतिmहरु ओलीको बिरोधमा एकजुट भई कडा आन्दोलन गर्नुपर्ने नेताहरुको सुझाव रहेको थियो । कलैया उपमहानगरपालिकामा पार्टीका केन्द्रिय सदस्य फरमुल्लाह मंसुर, पुर्व मन्त्रि कलावती पासवान, पार्टी सभापति जयचन्द्र चौरसिया, सचिव मनोज भट, जितपुर सिमरा उपमहानगरपालिकामा संविधान सभाका सदस्य डा. शोभाकर पराजुली, महागढीमाई नगरपालिकामा केन्द्रिय सदस्य राधेचन्द्र यादव, सिम्रौनगढमा पार्टीका जिल्ला कोषाअध्यक्ष चन्द्रशेखर यादव, बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशकर यादव, महासमिति सदस्य उपेन्द्र जसवाल, रामनरेश कान्त कुसवाहा, कोल्हवीमा केन्द्रिय सदस्य उमाकान्त चौधरी, निजगढमा शम्भु बुढाथोकी पेमालामा, सुरेश खनाल, लगायतकाले सम्बोधन गर्दे प्रधानमन्त्रि ओलीको बिरोध गरेको थियो । त्यसैगरि बिश्रामपुरमा केन्द्रिय सदस्य वृजलाल यादव, आर्दश कोतवालमा प्रदेशसभा प्रत्यासी भागवत साहले सम्बोधन गरेका थिए । पचरौता नगरपालिका, गाँउपालिकाहरु स्वर्ण, देवताल, बारागढी, प्रसौनी, परवानीपुर, करैयामाई, फेटामा समेत प्रर्दशन तथा बिरोध सभा सम्पन्न भएको छ । स्थानिय नेताहरुले बिरोधसभालाई सम्बोधन गरेका थिए । सडकमा धेरै भिड भएको कारणले भिड नियन्त्रण गर्नका लागि ट्राफिक र प्रहरीलाई हाम्य हाम्य भएको थियो ।
असंवैधानिक कदमको बिरोधमा १६ वटा पालिकाहरुमा काँग्रेसको बिरोध प्रर्दशन

प्रतिक्रिया
प्रतिक्रिया