सिमरा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस जीतपुसिमरा उपमहानगरपालिका स्तरीय बिरोध प्रदर्शन तथा सभा सम्पन्न भएको छ । नगरपालिकामा केपी ओली सरकारको जनविरोधी कदमको विरोध गर्दै प्रर्दशन गरेको हो । संसद विघटनको असवैधानिक कदमको खारेजी गर केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा लगाउदै जीतपुसिमरा उपमहानगरपालिकामा विरोध प्रर्दशन गरेको हो । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर स्वघोषित महाराज बन्न खोजेको आरोप लगाएका छन ।
नेपाली कांग्रेस केन्द्रिय समितिको कार्यक्रम अनुरुप देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा असंवैधानिक कदमको विरोध गर्ने कार्यक्रम अनुरुप जीतपुसिमरामा पनि प्रदर्शन गरिएको नेपाली कांग्रेस नगर समिति जीतपुसिमराले जनाएको छ । नगर सभापति श्यामबाबु गुप्ताको अध्यक्षतामा भएको बिरोध प्रदर्शन पछिको सभामा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फर्मुला मंसुर, नेपाली काग्रेसका पुर्व सचेतक समेत रहेका संबिधान सभाका सदस्य शोभाकर पराजुली, पुर्व सभासद मधु शाही ठकुरी, नेपाली काग्रेसकी नेतृ राधादेवी साह, नारायणी रायमाझी, जिल्ला सहसचिब जीवेन्द्र पण्डित, महासमिति सदस्य कपिलदेब यादब, १ नं. वडा सभापति राम प्रसाद अधिकारी, ७ का वडाअध्यक्ष रामबाबु गुप्ता, तरुण दल नगर समितिका अध्यक्ष अर्जुन लामिछाने , नेबिसंघका रिता रिजाल, नेताहरु शिवजी महतो, ओम कार्की, तामाङ संघका अध्यक्ष धु्रव लामा, नाई संघका नगर अध्यक्ष दिपक ठाकुर, सन्तोष कार्की लगायतले सम्बोधन गर्दै नेपाली जनताको आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्नुको सट्टा संघीय संसद नै विघटन गरेर संविधान र संघीयताको नै हत्या गरेको आरोप लगाए ।
जीतपुसिमरा स्तरीय बिरोध प्रदर्शन तथा सभा सम्पन्न
प्रतिक्रिया
प्रतिक्रिया