जनतालाई अनुभुती हुने गरि शान्ति सुरक्षा प्रदान गर्दछु ः एसपी शाही

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जनतालाई अनुभुती हुने गरि शान्ति सुरक्षा प्रदान गर्ने प्रतिवद्धता ब्यतm गरेका छन । सोमवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपरिक्षक शाहीले अपराध कुनै हालतमा सहय नहुने कुरामा जोड दिए । कसैलाई काखा, कसैलाई पाखा हिसावले कुनै पनि काम नगर्ने भन्दै प्रहरी उपरिक्षक शाहीले प्रहरी, प्रशासन प्रतिको भरोसा कायम गर्नमा कुनै कसर बाकी नराख्ने बताए । भष्टाचार नियन्त्रण गर्ने, शुसासन कायम गर्दै हत्या हिंसा, बलात्कार जस्ता जघन्य अपराधलाई निर्मुल पार्ने अभियानमा लाग्ने उनले भने । त्यति मात्र नभई वालविाह, दाईजो प्रथालाई साईवर क्राईमलाई न्यूनीकरण गर्नेका लागि पहलकमदी गर्दै लागु औषद ओसारपसरालाई नियन्त्रण गर्नका लागि सक्रिय भई काम गर्ने बताए । जिल्लामा आफनो स्तरबाट गर्नुपर्ने सुधारमा दिनरात खटी सभ्य, भय रहित समाजको निर्माणका लागि लाग्ने बताउदै दिनुपर्ने सूचना आफुले नलुकाउने जानकारी गराए । सूचना पाउने जनताको अधिकारलाई कुनैपनि हालतमा कुन्ठित हुन नदिने बताउदै सहज सूचना उपलब्ध गराउन प्रतिवद्धता ब्यतm गरे । बिना झनझट जनताको कामकाज छिटो छरितो गर्नका लागि मातहतका सबै यूनिटलाई निर्देशन दिईसकेको बताउदै सेवा प्रभावकारी हुनमा आफु आसावादी रहेको तर्क गरे । कुनैपनि वहनामा जनताको कामकाजमा ढिलाई भए त्यसता कर्मचारीलाई कार्यवाहिको दायरामा ल्याउने जानकारी दिए । कसैको दवाव र प्रभावमा नपरी प्रहरी ऐन र कानुन बामेजिम काम गर्ने उदघोष गरे । तस्करी, लागु औषध नियन्त्रण, रक्सी भठीलाई पुर्ण रुपमा निषेद गर्ने भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीलाई लेनदेनवाट टाढा रहन निर्देशन दिए । मुस्कान सहितको सेवा प्रदान गर्नका लागि प्रहरीहरुलाई समेत उपरिक्षक शाहीले सबै प्रहरी युनिटलाई सचेत गराएका थिए । ठुलोलाई चैन र सनालाई ऐन भने किसिमको नागरिकमा अभास हुन नदिनेगरि काम गर्ने भन्दै बारा बसाईमा रचानात्मक काम गरेर देखाउन प्रतिवद्धता उनले गरे । प्रहरी संगठनलाई आच आउने कुनै काम नगर्ने जानकारी दिदै प्रहरी भित्रमा पनि सुधार गर्नुपर्ने छ भने पनि पछि नहटने जानकारी दिए । पत्रकार र प्रहरीको सम्बन्ध सुमधुर हुनुपर्ने बताउदै पत्रकार र तिनका परिवारको सुरक्षा संगसगै नागरिकको सुरक्षाका लागि आफु पुर्ण प्रतिवद्ध रहेको बताउदै पत्रकारहरुको सहयोग पनि हाम्रो लागि उतिकै महत्वपुर्ण रहेको उपरिक्षक शाहीले भने । फरक प्रसंगमा उपरिक्षक शाहीले स्व पत्रकार बिरेन्द्र साहका हत्यरालाई कानुनी दायरामा ल्याउनलाई समेत कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गरेका थिए । भेटघाट कार्यक्रममा वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान, बारा शाखाका उपाअध्यक्ष रामबाबु मेहता, पत्रकार राकेश पाण्डेय नरेश गुप्ता, रमेश ठाकुर, संजिव मिश्र, पुष्पराज खतिवडा, पनालाल दास, रबिन्द्र साह लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण प्रहरी नायव उपरिक्षक प्रहरी प्रवतmा गौतम मिश्रले गरेका थिए । भेटघाट कार्यक्रममा जिल्लाका उलेख्य पत्रकारहरुको सहभागिता रहेको थियो । लमजुङ घरभएका उपरिक्षक शाही २०५५साल कार्तिक १ गते प्रहरी सहायक निरिक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरिक्षक भई दार्चुला र धनुषामा काम गरिसकेका उनी प्रहरी उपरिक्षकमा काठमाडौ स्थित भृकुटी मण्डपमा रहेको टुरिष्ट पुुलिसमा कार्यरतm हुदा सरुवा भई तराई मधेसको जिल्ला बारामा पहिलो प्रहरी उपरिक्षकको रुपमा आएका हुन । उनी निकै निडर र शाहसी अबसरको रुपमा चिनिन्छ ।

शेयर
प्रतिक्रिया
Skip to content