काठमाण्डौ । सरकारले जनताको काम छिटो छरितो गर्न प्रबिधिको प्रयोग गरी नागरिक एप, अनलाईन सेवा लगायतको व्यवस्था गरी काम छिटो छरितो बनाएपनि राजस्व संकलन गर्न बैकको ठिलाईका कारण सर्वसाधारण पिडीत बन्दै आएका छन् । ललितपुरको मालपोत कार्यालयमा रहेको नेपाल बैक लि. लगनखेल शाखाले राजस्व जम्मा गर्न ठिलाई गर्ने गरेका कारण सेवाग्राही मारमा पर्ने गरेको पिडितहरुले बताएका छन् ।
पिडीतहरुका अनुसार मालपोत कार्यालयमा रहेको नेपाल बैक लि.मा राजस्व जम्मा गर्न लाईनमा कम्तिमा पनि ४ घण्टा लाईन बस्नुपर्ने बाध्यता रहेको एक पिडितले बताए । सिमित र एउटामात्र काउण्टर सञ्चालन गर्ने गरेको कारण आफु समेत चार घण्टा लाईनमा बस्नु परेको तराई सञ्चारका अध्यक्ष गुरुप्रसाद गौतमले बताउनु भयो । सरकारले छिटो छरितो काम गर्न गरेको प्रयासले सबैलाई सहज बनाए पनि मालपो कार्यालयमा नेपाल बैक लि.को लाईनमा बस्नु पर्ने कारण एकैदिनमा हुने काम तिन दिनसम्म लागेको गौतमले बताए । नेपाल बैकका सबै शाखाबाट राजस्व जम्मा गर्न नमिल्ने र मालपोतमै जानु पर्ने बाध्यताले राजस्व जम्मा गर्न घण्टै लाईनमा बस्नुपर्ने बताईएको छ । नेपाल बैक लि.का कर्मचारीले सहज र छिटो छरितो बनाउने भन्दा धेरै लाईन बनाउने काम गरी रहेको पिडित रमेश तिमल्सिना बताउछन । सरकारले काम छिटो छरितो बनाएपनि सबै बैकबाट राजस्व संकलन हुने ब्यवस्था नहुदा सेवाग्राहीको काम र ठुलो रकम बोकेर लाईनमा बस्दा जोखिम समेत बढेको स्थानीयले बताएका छन् ।
नेपाल बैक लि. सबै बैकबाट राजस्व संकलन हुने ब्यवस्था नहुदा सेवाग्राही मारमा
प्रतिक्रिया
प्रतिक्रिया