स्कुले बालबालिका र अभिभावकलाई न्यानो कपडा

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय
????????????????????????????????????

सिमरा ः लायन्स क्लब अफ सिमरा युथ, युवा समाज सिमरा र नेपाल बाल संगठनले चिसोबाट प्रभावित ग्रामिण भेगका स्कुले बालबालिकालाई बुधवार न्यानो कपडा, शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ र १८ का तीन विद्यालयका छात्रछात्रा, उनका अभिभावकलाई चिसो मौसममा लगाउने कपडा वितरण गरेको हो ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

केही दिनयता अत्यधिक चिसो बढेपछि विपन्न परिवारका बालबालिका र बृद्धबृद्धा प्रभावित हुदै आएका छन् । बढ्दो चिसोबाट जोगिनका तीन वटै संस्थाले संयुक्त रुपमा बडहर्वाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जैतापुरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र कुशमाडीको सुर्य विनायक प्राथमिक विद्यालयका चार सय बालबालिका र एक सय भन्दा बढी अभिभावकलाई कपडा वितरण गरेको हो ।
कार्यक्रममा बालबालिकासहित विद्यालयलाई ६ सय थान कपि, पेन्सिल, ६ थान फुटवल, ६ थान ब्याटमिन्टनलगायतको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियो । न्यानो कपडा, शैक्षिक र खेलकुद सामाग्री वितरणका लागि तीनवटै संस्थाले केहीदिनदेखी तयारी गरिरहेका थिए ।
लायन्स क्लबका अध्यक्ष हंकलपित न्यौपानेले सेवामुलक संस्थाहरुको सहकार्यमा ग्रामिण भेगमै पुगेर प्रभावकारी ढंगबाट सामाग्री वितरण गरिएको बताए । उनका अनुसार चार सय बालबालिकालाई लायन्स क्लब अफ सिमरा युथले ज्याकेट र स्विटर, युवा समाज सिमराले उनका अभिभावकलाई न्यानो कपडा र बाल संगठनले तीन वटै विद्यालयका छात्रछात्रालाई शैक्षिक र खेलकुद सामाग्रीको ब्यवस्थापन गरेको थियो । ग्रामिण भेगमै पुगेर ब्यवस्थित कार्यक्रमकाबीच बालबालिका, अभिभावक र विद्यालयलाई सामाग्री वितरण गरेको न्यौपानेले बताए ।
चिसोले प्रभावित पारिरहेको समयमा न्यानो कपडा वितरण गरेर ठुलो सहयोग प्राप्त भएको स्थानियको भनाई थियो । न्यानो कपडा पाएपछि बालबालिकासहित अभिभावक समेत खुशी देखिएका थिए । विद्यालयका शिक्षकले समेत चिसोले प्रभावित बालबालिकालाई राहत मिलेको बताएका छन् ।
कपडा र अन्य सामाग्री वितरण गर्न लायन्स क्लब सिमरा युथका अध्यक्ष न्यौपानेसहित प्रथम उपाध्यक्ष दिवाकर भण्डारी, सचिव बसन्त खतिवडा, बाल संगठन बाराका संयोजक त्रिलोक बिक्रम शाह, युवा समाज सिमराका अध्यक्ष सुशिल ढकाल, लायन्स क्लबका प्रतिनिधि पुष्पराज खतिवडा, रिना बजगाई, निलिशा बर्मा, मनिता पाण्डे, श्रीराम रेग्मी, मिथिलेश महतो, राजकुमार न्यौपाने, राकेश यादव, राजकुमार थापा, कलिप खरेल, गणेश कोईराला, गोविन्द चौधरी, युवा समाजका मनिष प्याकुरेल, आरके भट्टराइ, स्थानिय बसन्त खतिवडालगायत उपस्थित थिए ।

शेयर
प्रतिक्रिया
Skip to content