सामाजिक सञ्जालमा ठगी गर्ने बाराका एक पक्राउ

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारामा सामाजिक सञ्जालमार्फत ठगि गर्ने गिरोहका प्रसौनी गाउँपालिका वडा नं.४ बंजरिया टोल बस्ने वर्ष २७ को भोला महतो पक्राउ परेका छन् । सामाजिक संजाल वाट्स एप र ईमोको माध्यमबाट महागढीमाई नगरपालिका वडा नं.३ बस्ने दिपेन्द्र प्रसाद जयसवालसँग १ लाख ७५ हजार रुपैया ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन । रू.२५ लाख चिठ्ठा परेको छ भन्दै उक्त रकम प्राप्त गर्न अग्रिम रू.१ लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी प्रलोभन देखाई उक्त रकम ठगी गरेपछि प्रहरीमा उजुरी परेकोमा फरार रहदै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउँ परेकामाथि ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट हिरासतमा राख्न पहिलो पटक ७ (सात)दिनको को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content