नेपाल प्रेस युनियन बाराको बैठक सम्पन्न

तराइ संचार
तराइ संचार 531 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल प्रेस युनियन बाराको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न समसामयिक विषयवस्तुहरुमाथि छलफल गरेको छ।
वैठकमा नेपाल प्रेस युनियनको केन्द्रिय महासचिव अजयबाबु सिवाकोटीको प्रमुख आतिथ्यता तथा युनियन बाराका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष वसन्त खतिवडा को अध्यक्षतामा सम्पन्न भएको बैठकले सञ्चारकर्मीहरुको समस्या, प्रेस युनियन, विभिन्न समसामयिक विषयवस्तुहरुमाथि छलफल गरिएको बताईएको छ । समस्याहरू लाई सक्दो चाँडै समाधान गरी अगाडी बढ्ने निर्णय भएको सचिब साजिर मंसुरले बताए । बिशिस्ट अतिथी युनियन का केन्द्रिय सदस्य माधव चौलागाईं , अतिथिहरूमा शान्ति रेग्मी शिवाकोटी, अग्रज पत्रकार रेशम तिवारी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मुकेश यादव, रतन टेमानी, अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठ, राकेश पाण्डे, निवेश तिमिल्सिना, जय नारायण यादव, रबिन्द्र प्रसाद साह, अप्सारा पुडासैनी, श्रीकान्त गुप्ता, शिवशंकर मिश्रा, लगायतको सहभागिता रहेको थियो। सो बैठकमा सञ्चालन युनियन का सचिव साजिर मंसुरको रहेको थियो।

शेयर
प्रतिक्रिया
Skip to content