असंवैधानिक कदमको बिरोधमा बारा जिल्लाभरीको वडामा काँग्रेसको बिरोध प्रर्दशन

तराइ संचार
तराइ संचार 781 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । सरकारको सर्वसतावाद, अलोकतान्त्रिक, अप्रातान्त्रिक एवम असंवैधानिक कदमको बिरोधमा बारा जिल्लाको १ सय ६७ सबै वडाहरुमा नेपाली काँग्रेसले बिरोध प्रर्दशन तथा बिरोध सभा सम्पन्न गरेको छ ।
नेपाली जनताको जनचाहना विपरित संविधानमै ब्यवस्था नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरी अधिनायकवाद तर्फ देशलाई लान खाजेको आरोप नेताहरुले सम्बोधनको क्रममा लगाएका छन् । न्यायालय, संवैधानिक आयोगहरु, प्रहरी, नेपाली सेनालाई समेत आफनो हातमा लिई लोकतन्त्रलाई नै धराप पार्ने रणनितीका साथ ओली लागीरहेको भन्दै आन्दोलनको आधी बेहेरीबाटनै उनको कदमलाई परास्त गर्ने कुरामा नेताहरुले जोड दिएका थिए । कलैया उपमहानगरपालिका वडा नम्बर १० मा पार्टीका केन्द्रिय सदस्य फरमुल्लाह मंसुर, पुर्व मन्त्री कलावती पासवान, पार्टी सभापति जयचन्द्र चौरसिया, सिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा संविधान सभाका सदस्य डा. शोभाकर पराजुली, सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मा पार्टीका जिल्ला कोषाअध्यक्ष चन्द्रशेखर यादव, बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशकर यादव वडा नम्बर ९ मा, महासमिति सदस्य उपेन्द्र जसवाल, बुथ सभापति सुरेन्द्र जसवाल सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ मा, बारागढी गाँउपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका पुर्व जिल्ला सदस्य श्रीचन्द्र साह, सिकेन्द्र पासवान लगायतकाले सम्बोधन गरेका थिए ।

यसैगरी बाराको निजगढ नगरपालिका र जीतपुरसिमरा उमनपाका सबै वडाहरुमा आन्दोलनको कार्यक्रम अनुसार आन्दोलन भब्यताकासाथ सम्पन्न भएको नेपाली काग्रेस निजगढका नगरप्रमुख महेशी कुवर र जीतपुरसिमराका नगरप्रमुख श्यामबाबु प्रसाद गुप्ताले बताउनु भयो ।

 

शेयर
प्रतिक्रिया
Skip to content