निजगढ । बाराको निजगढ नगरपालिकाको बिचवस्तीबाट रेलमार्गको सर्वे भई रेल्बेको काम अघि बढेपछि स्थानीयले नगरपालिकालाई बस्ती छलेर रेलमार्ग बनाउन माग गरेपछि जनताको आवज अनुरुप काम गर्न माग गर्दै सम्बन्धित मन्त्रालयमा नगरप्रमुखको अगुवाईमा सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । निजगढ वडा नम्बर ९ हुँदै नगरको विभिन्न वडाहरुबाट रेलमार्गको सर्बे भईरहदा निजगढ नगरपालिका कार्यालयलाई कुनै जानकारी नगरिकन भएको रेलमार्गको सर्वे र कामका कारण जनतालाई समस्या नहुने गरी काम गर्न भौतिक मन्त्री वसन्त नेम्वाङ,वन मन्त्री प्रेम आले,रेल विभागका डिजि र रेल बिभागका निर्देशकलाई ध्यानाकर्षण गराईएको हो । सो स्थानलाई स्थानियहरुले समेत रेलमार्ग सर्वे गलत भएको भनी निजगढ नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको हुदा नगरपालिकाको तर्फबाट गम्भीर भैइ सम्बन्धित मन्त्रालय र बिभागहरुमा नगर प्रमुख सुरेश कुमार खनाल र सो क्षेत्रका सांसद उमाकान्त चौधरीको सहभागितामा सम्बन्धित मन्त्रालय र बिभागहरुमा ध्यानाकर्षण पत्र बुझाईएको हो । भौतिक मन्त्री वसन्त नेम्वाङ,वन मन्त्री प्रेम आले,रेल विभागका डिजि र रेल बिभागका निर्देशकसङ्ग निजगढ स्थित गाउँ बिचबाट सर्बे भएको विषयलाई लिएर छलफल गर्दा मानबबस्ती भन्दा अन्य ठाउबाट सर्वे गर्ने बिषयमा पहल गर्ने सहमति भएको बताईएको छ । रेल्वे रेखांकनको लागि मानववस्ती भन्दा टाढाबाट सर्वे गराउने प्रयास जारी रहेको नगरप्रमुख खनालले बताउनु भयो ।
रेल्बेको काम बस्ती छलेर गर्न निजगढ नगरप्रमुख र पुर्वमन्त्रीद्धारा मन्त्रीलाई ध्यानाकर्षण पत्र

प्रतिक्रिया
प्रतिक्रिया