भौतिक पुर्वाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनलद्धारा नव प्रवेशीलाई स्वागत

तराइ संचार
तराइ संचार 824 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर, २२ अ्मलेखगंज ढुटूवाँ ३ नम्बर पुलमा नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी एक दर्जन बढी स्थानीय जसपा नेपालमा पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीलाई प्रमुख अतिथि भौतिक पुर्वाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनलद्धारा जसपा नेपालमा पार्टीको सदस्यता लिएका नवप्रवेशीलाई टिका माला लगाई स्वागत गरेका हुन । नेकपा र कांग्रेस पार्टी प्रत्याग गरी राजन गल्ले , कमल बहादुर थापा, दिपक बोमजन , राजकुमार दोङ, सुन्दर कुमार दोङ, सिता माया लो ,निर्मला दोङ ,भरत बहादुर रुचाल लगायतका कार्यकर्ता पार्टी प्रवेश गरेका हुन । कार्यक्रमा जसपाका बारा क्षेत्र नं.४ का विघटित संसदका संघिय सांसद एकबाल मिया ,जसपा नेपालका घनश्याम गिरी , जगत नारायण महतो ,बलिराम सरार्फ , जफरुल मिया ,जय राम साह , लगायत को सहभागिता रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content