जीतपुरसिमराका १२५ सटरले भाडा नतिर्ने निर्णय नगरपालिका मौन, उठेन एक करोड राजश्व

तराइ संचार
तराइ संचार 988 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरपालिकाको १२५ सटहरुले उपमहानगरको सटर भाडा बापतको करिब एक करोड रुपैया नतिर्ने भएका छन् । आर्थिक बर्ष ०७५र७६ मा करिब २ हजार रहेको सटर भाडा २०७६र०७७ मा ४ सय प्रतिशतले बढाएर झण्डै ९ हजार पु¥याएपछि उनीहरुले भाडा नतिर्ने निर्णय गरेका हुन् ।
जीतपुरसिमरा अन्तर्गत गुदरी बजारमा रहेका १०१ र मिना बजारमा रहेका ३३ गरी कुल १३४ सटर भएपनि ९ वटा सटर सडक विस्तारका क्रममा भत्किएको र बांकी रहेका सबै १२५ सटरले उपमहानगरको भाडा नतिर्ने निर्णय गरेका हुन् । उपमहानगरपालिकाले आर्थिक ऐन २०७६÷०७७ जारी गर्दा सटरको भाडा निर्धारण समिति गठन गरेको र सो समितिले दिएको प्रतिवेदनका आधारमा भाडा तय गरिएको उपमहानगरले जनाएको छ । उपमहानगरलाई व्यापारीले पटक–पटक ध्यानाकर्षण गराउँदै सो भाडा रकम तिर्न नसक्ने जनाए पनि उपमहानगरपालिकाले कुनै निर्णय नगरेका कारण आफूहरु सो भाडा नतिर्ने निर्णय गरेको संघर्ष समितिका अध्यक्ष ओमप्रकाश कलवारले बताउनु भयो ।
कलवारले कलैया लगायत अन्यत्र सटर भाडा कम रहेपनि जीतपुरसिमरामा मात्र यति धेरै हुनु दुःखलाग्दो भएको बताउ“दै बजारमा शौचालय, खानेपानी, सरसफाई लगायतका कुनै पनि पूर्वाधार नबनाएर खाली भाडा मात्रै असुल गर्ने त्यसमा पनि ४ सय प्रतिशत एकैपटक भाडा बृद्धिले आफूहरुले सामूहिक रुपमा नतिर्ने निर्णय गरेको अध्यक्ष कलवारले बताउनु भयो ।
राजश्व परामर्श शाखाका अनुसार उपमहानगरको सटर भाडाका सम्बन्धमा समस्या समाधानकालागि बृहत छानविन गर्नुपर्ने अवस्था आएको बताउ“दै बजार भाउका आधारमा सटर भाडा निर्धारण भए पनि व्यापारीहरुले नतिर्ने निर्णय गरेपछि झण्डै ९० लाख रुपैया एक बर्षकै रकम बांकी रहेको बताइएको छ । व्यापारीहरुले सटरभाडा बढाएपछि कालोपट्टी बा“धेर आन्दोलन समेत गर्दै आएको नगरपालिकामा पटक–पटक लिखित र मौखिक उजुरी गरे पनि भाडा समायोजन नभएसम्म नतिर्ने निर्णय भएको बताएका छन् । हरेक बर्ष नगरपालिकाले २० पतिशत बढाउ“दै आएको भए पनि एकै पटक ४ सय प्रतिशत बिस्तारले कोरोना महामारीको समयमा भाडा तिर्न समस्या भएको उनीहरुले बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले सटर भाडा बहाल बिटौरी शुल्कको दर गुदरी बजार, मिना बजार र सिमरामा मासिक डबल सटरको ८ हजार ५ सय, भित्री सटरको ७ हजार ५ सय, सिंगल सटरको ७ हजार ५ सय र भित्री सटरको ६ हजार ५ सय निर्धारण गरेको छ । अनुसुची १० को उपदफा १ बमोजिम अन्य स्थानहरुमा भने डबल सटर बाहिर २४ सय, भित्री सडकमा २१ सय, सिंगल सटर सडक बाहिरको सटरमा २२ सय ५०, भित्री सटरमा १९ सय ५० सटर भाडा निर्धारण गरेको जनाइएको छ । आर्थिक बर्ष २०७५ मा महालेखा परिक्षकको कार्यालयले सटर भाडा अत्यन्तै कम भएको र खुल्ला प्रतिस्पर्धाका आधारबाट नलगाइएको जनाउ“दै खुल्ला प्रतिस्पर्धाका आधारमा लगाउन निर्देशन दिए पनि उपमहानगरपालिकाले भने समिति गठन गरी समितिले दिएको सुझावका आधारमा भाडा निर्धारण गरेको हो । बारा दर्पण साप्ताहिक

शेयर
प्रतिक्रिया
Skip to content