सिमरा । बाराको जीतपुरसिमराको बजनी सिमरामा रहेको चुरियामार्य लेखापढी फर्मले बैक भौचर किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखन्दास फरार भएका छन् ।
फर्मका लेखन्दास अबधेश महतो कहारले अन्हिया कोईरिनको जग्गा पास गर्न दिएको एक लाख १८ हजारको राजस्व र लाभकर रकम मालपोत कार्यालयसगै रहेको सिद्धार्थ बैकमा जम्मा नगरी रकम आफैले राखी बैकको भौचर किर्ते गरेका हुन । नक्कली भौचर राखी जग्गा पास गर्न खोजेका महतोको अनलाईन पास गर्ने क्रममा किर्ते गरेको फेला परेपछि बैकले प्रहरीमा जाहेरी दिएको हो । जिल्ला अदालतले महतोलाई माघ ४ गतेनै पक्राउ पुर्जी दिएपछि उनी फरार रहेकाले खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख दिपक श्रेष्ठले बताउनु भयो ।
बैक भौचर किर्ते गरेको आरोपमा पक्राउ पुर्जी लेखन्दास फरार
प्रतिक्रिया
प्रतिक्रिया