सिम्रौनगढ नगरपालिका एवम नेपाली सेना द्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा सम्पन्न निशुल्क स्वास्थ्य शिविर कार्यक्रमा आईतवार ७ सय जना सर्वसाधारणहरुले निशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । कार्यक्रममा औषधी वितरण समेत गरिएको थियो ।
प्रदेश नं. २ सामाजिक विकास मन्त्रालय, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा श्री चन्दननाथ गण र श्री नं २८ फि. ए. गुल्मको संयोजकत्वमा एवम सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । नेपाली सेना र नागरिक बिचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको श्री नम्बर २८ बाहिनीका बाहिनीपति जोनसन खडकाले जानकारी दिए । श्री नं. २८ फि.ए. का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरेका थिए । जनतासँग नेपाली सेना भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाईरसका कारण औषधी उपचार गराउन नपाएका सर्वसाधारणहरुको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताए ।
शिविरमा १ सय ८९ जना महिला १ सय ४५ जना पुरुष र ७६ जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी औषधी बितरण गरेका थिए । महिलाहरुमा धेरै सन्तान जन्माउने कारणले हुने समस्याहरु सो शिविरमा उपचारको लागि आएका अधिकांश महिलाहरुमा देखिएको चिकित्सकहरुले बताए । शिबिरमा डाक्टर अधिकृत सहसेनानी दृष्टिना प्रधान नेतृत्वमा १५ जना मेडिकल टिमले चेकजाच गरेका थिए । स्वास्थ्य परीक्षण गर्दा स्थानियहरुमा श्वास प्रश्वास, ग्याष्ट्रिक, हाडजोर्नी, एलर्जि, आँखाको समस्या, पेट सम्बन्धिका रोगहरु बढि मात्रामा देखिएको र उक्त शिविरमा स्थानियहरुलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, ई. सी. जी. लगायतका सेवाहरु प्रदान गरि निःशुल्क औषधी वितरण गरिएको थियो । श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति जोनसन खड्काको समन्वयमा संचालित उक्त स्वास्थ्य शिविरको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवले उदघाटन गरेका थिए । रिबन काटी उद्धघाटनमा सम्बोधन गर्दै मेयर यादवले नगर क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरि आफनो कर्तब्य निर्वाह गरेका बताए । कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, श्री चन्दननाथ गणका गणपति प्र.से. श्री श्याम शरण गोतामे, प्रहरी उपरिक्षक दिपेन्द्र शाही सशस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक, स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकारहरु, शिक्षकहरुको ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । यो भन्दा अगाडी करैयामाई गाउपालिकामा स्वास्थ्य शिबिर र जितपुर सिमरा डुमरवानामा १ सय ५० वटा कम्वल बितरण गरेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content