कलैयामा आधुनिक किसिमको मेसिन सहित पेन एन्ड पारालाईसिस क्लिनिक सञ्चालनमा

तराइ संचार
तराइ संचार 783 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । दर्द,दुखाई,नसा सम्बन्धि रोग,पारालाईसिसको सहज तरिकाले उपचार गर्ने उद्धेश्यले बाराको सदरमुकाम कलैयामा आधुनिक किसिमको मेसिन सहित पेन एन्ड पारालाईसिस क्लिनिक सञ्चालनमा आएको छ । अस्पताल रोड कलैयामा रहेको सो क्लिनिकमा अत्याधुनिक मेसिनद्वारा उपचार हुने क्लिनिकका सन्चालक डाक्टर सन्जोग कुमारले जनाए । क्लिनिकले सबै प्रकारको नशा सम्बन्धि रोग तथा दुखाईहरु हुनु र पारालाईसिसको समस्या निराकरणका लागि क्लिनिक खोलेको उनले बताए । सानै देखि कलैयामा पढेर आफ्नो उच्च शिक्षा भारतको बैङ्गलोर बाट पूरा गरेका कुमार पारालाईसिस भएकाको लागि चर्चित डाक्टरका रुपमा चिनिन्छन । बैङ्गलोरमा आफ्नो उज्वल भविष्य भएपनी त्यहाको जागिर लाई छोडेर वहाँ बारा सदरमुकाम कलैयालाई आफ्नो कर्मभुमी बनाएका छन । कुमार यो अगाडि बैङ्गलोरको कोलम्बिया एसिया हस्पिटलको हेड अफ डिपार्टमेन्ट,अपोलो हस्पिटलमा न्युरो फिजिओथेरापिस्टको रुपमा काम गरि अनुभव बटुली सकेका छन । बैङ्गलोरका अनुभवी डाक्टर संजोग कुमारले आधुनिक फिजिओथेरापी मेसिन द्वारा इलाज शुरु भएपछी आफू धेरै खुशी भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले जनाए । यस प्रकारका स्वास्थ्य छेत्रमा गरिएको लगानिलाई स्थानिय सरकार र प्रदेशले समेत सहयोग गर्दै उर्जा थप्नुपर्ने नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रियन्का दासले बताईन । कलैया अस्पतालका डाक्टर रबिरोशन गुप्ताले कलैयाको लागि मात्र नभैइ यो क्लिनिक प्रदेश २ कै नमुना भएको बताए । क्लिनिकको एक कार्यक्रमका बिच बिधिवत रुपमा पुजा गरी कुमारका पिता भरत कुमार साहले उदघाटन गरेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content